२०७६ असोज २९ गते

जन्मदिनमा दलित विद्यार्थीलाई शैक्षिक सामग्री

अन्तैबाट

सर्लाही  । सर्लाही हरिपुरका एक युवकले आफ्नो जन्मदिनको उपलक्ष्यमा स्थानीय विद्यालयमा पढ्ने दलित बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेका छन् ।

हाल बेलायतमा रहेका सर्लाहीको हरिपुर नगरपालिका–८ का सृजन थापाले आफ्नो २२औं जन्मदिनका अवसरमा आफ्ना हजुरबुबामार्फत हरिपुर–२ मा रहेको जनकल्याण प्राविमा पढ्ने ७१ दलित बालबालिकालाई एक/एक थान झोला, कापी, पेन्सिल र खाजा प्रदान गरेका हुन् ।

वडाध्यक्ष हरिबहादुर थापासहित आइतबार विद्यालयमा पुगेर सृजनका हजुरबुबाले दलित बालबालिका माझ केक काटी नातिको जन्म दिन मनाउँदै शैक्षिक सामाग्री प्रदान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशेश्वर दासले बताए।

नागरिक दैनिकमा खबर छ ।

Comments: