२०७६ भदौ २ गते

शिवपुरी माविको उत्कृष्ट एसइइ नतिजा, ११ जनाले ल्याए ३.६ माथिको जीपीए

ईपाटी संवाददाता



काठमाडौं । बालुवाटार स्थित शिवपुरी माविले  माध्यमिक शिक्षा परीक्षा एसइइमा  उत्कृष्ट नतिजा हासिल गरेको छ ।


विद्यालयबाट एसइइ परीक्षामा सहभागी १११ विद्यार्थी मध्ये ११ जनाले ३.६० देखि ४.० जीपीए, २५ जनाले नै ३.२ देखि ३.५ जीपीए प्राप्त गरेका छन् ।


यसैगरी, ३९ जनाले २.८ देखि ३.१ र ३६ जनाले २.४ देखि २.७ जीपीए प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीले जानकारी दिए ।


शिक्षक, विद्यार्थी, अभिभावक र विव्यसको संयुक्त प्रयासबाट विद्यालयले निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल भएको प्रअ दुरदर्शीले बताए ।


Comments: