• सिद्धबाबा माविका १७ विद्यार्थीले ल्याए ३.६० देखि ४.० जीपीए
    (ईपाटी संवाददाता)


  • गुल्मी । गुल्मी तम्घास स्थित सिद्धबाबा माविले माध्यमिक शिक्षा परीक्षा एसइइमा  उत्कृष्ट नतिजा हासिल गरेको छ ।


    विद्यालयबाट एसइइ परीक्षामा सहभागी ११३ विद्यार्थी मध्ये १७ जनाले ३.६० देखि ४.० जीपीए, ४५ जनाले नै ३.२० देखि ३.५५ जीपीए प्राप्त गरेका छन् ।


    यसैगरी, ३५ जनाले २.८० देखि ३.१५ र १६ जनाले २.६ देखि २.७५ जीपीए प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक डोर विक्रम श्रीषले जानकारी दिए ।