२०७६ असोज ३ गते

मोरङ बन्यो ५१ औँ साक्षर जिल्ला

ईपाटी संवाददाता


मोरङ  । मोरङ साक्षर जिल्ला बनेको छ । शनिवार मोरङलाई मुलुकको ५१ औँ साक्षर जिल्ला घोषणा गरिएको हो ।


शनिवार भव्य समारोहका बीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले मोरङलाइ साक्षर जिल्ला घोषणा गरेका हुन् ।


२०६७ सालदेखि जिल्लामा सञ्चालित अनौपचारिक शिक्षा, राष्ट्रिय साक्षरता अभियान, साक्षर नेपाल अभियान, सघन साक्षरता कार्यक्रमले हालसम्ममा १५ देखि ६० वर्ष उमेर समूहका ९६.५९ प्रतिशत जनसंख्या साक्षर भएपछि उक्त घोषणा गरिएको हो ।


जिल्लामा साक्षरता कार्यक्रमले लक्षित गरेको १५ देखि ६० वर्ष उमेर समूहका ५ लाख ५९ हजार २ सय २८ जनसंख्यामध्ये ९६.५९ प्रतिशत साक्षर बनेका जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले बताए ।


Comments: