२०७६ कार्त्तिक ६ गते

१५२ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

बुटवल । विकास तथा प्रकोप व्यवस्थापन केन्द्रले नवलपरासीको प्रतापपुर, सरावल र पाल्हिनन्दन गाउँपालिकाका पाँच विद्यालयमा पढ्ने १५२ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । हरेक विद्यार्थीलाई विद्यालय पोसाक दुई सेट, झोला, कपी, सिसाकलम प्रदान गरेको जनाइएको छ ।

सरावल–७ भुजहवामा रहेको वाल्मीकि प्राथमिक विद्यालय, जन जागृति निम्न माध्यमिक विद्यालय, पाल्हिनन्दन गाउँपालिकाको शंकर प्राथमिक विद्यालय र प्रतापपुर गाउँपालिकाको वीरेन्द्र निम्न माध्यमिक विद्यालय, महेन्द्र माध्यमिक विद्यालय र बिपी स्मृति प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको विकास तथा प्रकोप व्यवस्थापन केन्द्र ९सिडिएम० का प्रबन्ध निर्देशक धर्मराज घिमिरेले जानकारी दिए ।

 

साउनमा आएको बाढीमा परेर शैक्षिक सामग्री र विद्यालय पोसाक गुमाएका अति विपन्न तथा दलित परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको घिमिरेले बताए । सो अवसरमा सरावल गाउँपालिकाका प्रमुख राधेश्याम चौधरी, पाल्हिनन्दन गाउँपालिका प्रमुख बैजुप्रसाद गुप्ता, प्रतापपुर गाउँपालिका प्रमुख राजकुमार शर्मा,वाल्मीकि प्राथमिक विद्यालयका प्रधानाध्यापक ध्रुव गौड, वीरेन्द्र निमाविका प्रधानाध्यापक सदानन्द गुप्ताको उपस्थिति थियो ।

कारितास इन्टरनेसनल र कारितास नेपालको सहयोगमा विकास तथा प्रकोप व्यवस्थापन केन्द्र (सिडिएम) ले ती सामग्री वितरण गरेको हो । केन्द्र (सिएएम) ले कारितास इन्टरनेसनल र कारितास नेपालको सहयोगमा नवलपरासीका सरावल, पाल्हिनन्दन र प्रतापपुर गाउँपालिकाअन्तर्गतका भुजहवा, रमपुरवा, रामपुर खडौना, सोमनी र गुठी प्रसौनीमा बाढी प्रतिकार्य तथा पुनर्लाभ परियोजनाको कार्यान्वयन गरिरहेको छ ।


नयाँपत्रिकामा खबर छ ।

Comments: