२०७६ कार्त्तिक २६ गते

एसईई परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली विषयको परीक्षा


काठमाडौं ।  माध्यमिक शिक्षा परीक्षा (एसईई)को दोस्रो दिन आज अनिवार्य नेपालीको परीक्षा सञ्चालन भएको छ । परीक्षामा देशभरबाट पाँच लाख बढी परीक्षार्थी सम्मिलित भएका छन् ।


हिजो बिहीवार देखि शुरुभएको परीक्षाको पहिलो दिन अंग्रेजी विषयकको परीक्षा सञ्चालन भएको थियो । हिजोको परीक्षा छुटपुट घटना बाहेक देशभर शान्तिपूर्णरुपमा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।


संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक तह कायम भएपछि कक्षा १० को परीक्षालाई सेकेन्डरी एजुकेसन एक्जाम (एसईई) नामकरण गरिएको हो । हिजो देखि शुरु भएको परीक्षासाधारणतर्फ चैत ११ र प्राविधिकतर्फ १४ गते सकिनेछ ।


कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) नाम मात्रै परिवर्तन गरी पुरानै एसएलसीको शैलीमा सञ्चालन भएको हो । पुरानै शिक्षा नियमावली, निर्देशिकाका आधारमा परीक्षा सञ्चालन शुरु भएको हो ।


परीक्षाका निम्ति देशभरि १ हजार ९ सय २३ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।  त्यत्ति नै संख्यामा केन्द्राध्यक्ष र २ हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष निर्धारण गरिएको छ ।  २२ हजार ४ सय ६१ निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित ६७ हजार ५ सय ९१ जनशक्ति परीक्षामा खटाइएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

पहिलो दिनको परीक्षामा के–के भयो ?


चार कैदीबन्दीले दिए माध्यमिक शिक्षा परीक्षा
हिजोबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षामा काभ्रे जिल्लाका कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएका सुरेश श्रेष्ठ र पेमा लामा, सवारी ज्यान मुद्दाका दिनेश श्रेष्ठ, अपहरण तथा हातहतियार मुद्दाका वीरबहादुर तामाङले कारागारबाटै परीक्षा दिएका छन् ।

४४ परिक्षार्थी निष्कासित
परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षामा चिट चोरी गरेको र परीक्षाको अचारसंहिता विपरित परीक्षा हलमा मोबाइल ल्याएको भन्दै महोत्तरीको विभिन्न परीक्षा केन्द्रबाट ४४ परिक्षार्थी निष्कासित भएका छन् । निष्कासनमा परेका विद्यार्थीको आजको अंग्रेजी विषयको परीक्षा पनि रद्द भएको छ।


नौ बोरा चिट बरामद
परीक्षाको पहिलो दिन हिजो अनिवार्य अंग्रेजी विषयको परीक्षा शुरु नहुँदै महोत्तरीका विभिन्न परीक्षा केन्द्रबाट नौ बोरा चिट बरामद भएको छ । परीक्षा दिनका लागि जिल्लाको विभिन्न २८ वटा परीक्षा केन्द्रमा प्रवेश गर्न लागेका विद्यार्थीलाई मूल गेटमा चेक जाँच गर्दा नौ बोरा चिट बरामद भएको हो ।

बच्चालाई दुध चुसाउँदै, परीक्षा दिँदै
जाजरकोटमा केहि छात्राहरुले बच्चालाई दुध चुसाउँदै एसईई परीक्षा दिएका छन् । कार्कीगाउँकी १६ वर्षीया निर्मला खत्री  र भुरकी सबिना पुन बच्चालाई दुध चुसाउँदै परीक्षामा सहभागी भएका हुन् ।

Comments: