२०७६ मंसिर ४ गते

अनसन बसेका विद्यार्थीद्वारा सवारीसाधन बन्द

प्रभा रावत/सुर्खेत




बुधबारदेखि आमरण अनसन बसेका मध्यपश्चिमाञ्चल विश्वविद्यालय इञ्जिनियरिङ संकायका विद्यार्थीहरुले आजदेखि विश्वविद्यालयमा रहेको सम्पुर्ण सवारीसाधन बन्द गराएका छन् ।


विगत १६ दिनदेखि शान्तिपूर्ण आन्दोलन गर्दा पनि विश्वविद्यालयका पदाधिकारीहरुले वेवास्ता गरेको भन्दै उनीहरुले सवारी साधन बन्द गर्नुका साथै केन्दीय प्रशासन कार्यालयमा समेत अनिश्चितकालीन तालाबन्दी गरेको अनशन बसेको संघर्ष समितिका सदस्य रोशन बस्नेतले बताए ।


उनीहरु वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय महाविद्यालयको परिसरमा अनसन बसेका छन् ।


विद्यार्थीहरुले इञ्जिनियरिङ संकायलाई स्वायत्त गराइनुपर्ने, १० प्रतिशत विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने, सम्पूर्ण विषयगत शिक्षकहरुको उचित व्यवस्था गरिनुपर्ने र पुस्तकालयमा पर्याप्त पुस्तकहरुको व्यवस्था गरिनुपर्नेलगायतका मागहरु राखेका छन् ।


आफ्ना मागहरु क्याम्पस प्रशासनलाई राख्दा पनि वेवास्ता गरी वार्ता नै नगरेको विद्यार्थीहरुले आरोप लगाएका छन् । विद्यार्थीले आफ्ना मागहरु पुरा नभएसम्म अनसनलाई जारी राख्ने बताएका छन् ।

Comments: