२०७६ भदौ ६ गते

रोकिएको शिक्षकहरुको जिल्लान्तर सरुवा फुकुवा

ईपाटी संवाददाता


काठमाडौं । सरकारले रोकिएको शिक्षकहरुको जिल्लान्तर सरुवा फुकुवा गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आइतवार सबै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई परिपत्र गरेर शिक्षकहरुको जिल्लान्तर सरुवा फुकुवा गरेको जनाएको हो ।


केन्द्रले गत चैत्र ११ गते सबै शिक्षा विकास तथा समन्वय इकाईहरुलाई परिपत्र गर्दै अर्को निर्णय नभएसम्मका लागि जिल्लान्तर सरुवा बन्द गर्न निर्देशन दिएकोथियो ।

त्यतिबेला आन्तरिक विज्ञापनबाट स्थायीको नतिजा प्रकाशन भइरहको र दरबन्दी मिलानको समेत काम बाँकी भएकाले तत्कालका लागि केन्द्रले सरुवा रोकेको थियो ।


केन्द्रले आइतबार जारी गरेको परिपत्रमा आन्तरिक तर्फकाचे पदास्थापन र शिक्षकको अवकाशका कारण विद्यालयहरुमा शिक्षक व्यवस्थापन गर्न कठीनाइ भएकाले सरुवा फुकुवा गरिएको जनाएको छ ।


केन्द्रले परिपत्रमा आन्तरिक तर्फको पदास्थापनकार्य सम्पन्न भएपछि पनि दरबन्दी रिक्त हुन आएमा साथै, खुला विज्ञापनमा नभएका पद किटान तथा खुला तर्फको पदास्थापनमा असर नपर्ने गरी जिल्ला भित्र तथा अन्तर जिल्लामा समानतहको र्रिक्त पद तथा विषयको दरबन्दीमा कार्यरत शिक्षकहरुको सरुवा गर्न सकिने स्पष्ट पारेको हो ।


दरबन्दी मिलानको काममा विद्यार्थी संख्याको कारणले उक्त दरबन्दी कतौटी नहुने अवस्थामा मात्र शिक्षकहरुको सरुवा गर्न सकिने केन्द्रले जनाएको हो ।

 

Comments: