२०७६ भदौ ६ गते

अपांगता विद्यार्थीलाई सरसफाइ सामग्री

राजन रावत/हुम्ला

सरसफाइका सामग्री पाएपछि अपांगता विद्यार्थीहरु, तस्वीरः राजन रावत/हुम्ला
 

हिमाली बहिरा तथा बौद्धिक अपांगता विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सरसफाइ सामग्री सहयोग गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सरसफाइमा सहयोग पुगोस भनेर ती सामग्रीहरु सहयोग गरिएको हो ।

विद्यालयमा कक्षा १ देखि पाँचसम्म अध्ययनरत ४१ जना विद्यार्थीहरुलाई ४१ थान तन्ना, ब्रस, कोल्गेट झोला र एक जना विद्यार्थीका लागि तीन हजार मुल्य बराबरको साबुन न्यू भिजन सिमकोट चर्चले सहयोग उपलब्ध गराएको विद्यालय सञ्चालन गर्ने निकाय साहारा समुहका कार्यकारी निर्देशक सुर्य पौडेलले जानकारी दिए ।

भिजनको यो सहयोगले साहारा समुहको होस्टेलमा बस्ने विद्यार्थीहरुको सरसफाइमा सहयोग पुग्ने र त्यसबाट पठन–पाठनमा पनि मद्धत पुग्ने पौडेलले बताए ।
सरसफाइका यी सामग्री पाएपछि विद्यालयमा अध्ययनरत छात्र छात्रा खुशी भएका छन् । देशभर यस्ता विद्यालय ३३ वटा भएपनि हुम्लामा यो पहिलो विद्यालय हो । सरकारी मान्यता प्राप्त उक्त बिद्यालयलाई यसरी नै विभिन्न निकायहरुबाट सहयोग हुने गरेको छ ।

 

 

Comments: