२०७६ मंसिर ४ गते

सरिता अर्यालको ‘पुरुष’ सार्वजनिक


काठमाडौं । अभिभावक संघ नेपालकी वरिष्ठ उपाध्यक्ष समेत रहनुभएकी कथाकार सरिता अर्यालको दोस्रो कथा संग्रह ‘पुरुष’ सार्वजनिक भएको छ ।


शनिबार शिल्पी थिटएर बत्तीसपुतलीमा व्यवस्थापिका सांसद पम्फा भुसाल, साहित्यकार कुन्ता शर्मा, सूचना आयुक्त यसोदा तिम्सिना, गुञ्जनकी अध्यक्ष हिरण्यकुमारी पाठक, सुस्मा ओमाटा र स्मीता घिमिरेले पुस्तक संयुक्त रूपमा विमोचन गर्नुभएको छ । पुस्तक माथि साहित्यकार महेश पौड्याल र यशोदा तिम्सनाले टिप्पणी गर्नुभएको थियो ।


समालोचक समेत रहनुभएको पौड्यालले अधिकांश कथामा महिला पुरुषबीच हुने प्रेम, बिछोड, पुरुषद्वारा प्रताडित महिलाका कथा ब्यथा नै समेटिएको बताउनुभयो । कथाकारले समाजमा घटिरहेका घटनाहरूलाई यथार्थपरक ढंगले प्रस्तुत गरेको उहाँको भनाइ थियो । संग्रहमा अटाएका धेरै कथाहरु हाम्रै वरीपरीबाट टिपिएकाले पनि कृतिलाई अझ सुन्दर बनाएका उहाँले टीप्पणी गर्नुभयो ।


तिम्सिनाले कथा पढ्दै जाँदा आफ्नै वरिपरि आफैँले देखेका पात्रका कथा जस्तो लागेको बताउनुभयो । पुस्तकमा ६० कटेका पूरुषहरुलाई नकारात्मक रुपमा किन प्रस्तुत गरियो भन्ने चाही आफुले बुझ्न नसकेको उहाँको टीप्पणी थियो ।

कथाकार अर्यालले पुरुषको विराधकै लागि मात्र पुस्तकको नाम ‘पुरुष’ नराखिएको स्पष्ट पार्दै हरेक कथामा पुरुषको उपस्थिती बलियो देखेकाले नाम राखिउको बताउनुभयो । संग्रहका १६ कथामध्ये पुरुष नै सवैभन्दा पहिले लेखेको उहाँको भनाइ थियो ।


बिएन पुस्तक संसारले प्रकाशन गरेको कथासंग्रहको मूल्य २ सय २५ रुपैयाँ राखिएको छ ।

Comments: