• सांसद शान्ता चौधरीको २.६५ र नायिका करिश्मा मानन्धरको ३ जीपीए !
    (ईपाटी संवाददाता)


  • काठमाडौं । यस वर्ष एसइइ परीक्षा दिएका सांसद शान्ता चौधरीले २.६५ जीपीए र नायिका करिश्मा मानन्धरले जीपीए ३ प्राप्त गरेका छन् ।


    सांसद चौधरीले महेन्द्र मावि तुलसीपुरबाट र करिश्माले काठमाडौंको  विजयस्मारक माविबाट परीक्षा दिएकी थिइन् ।


    एसइइ परीक्षा दिए देखि नै यि सेलिब्रेटि चर्चामा रहँदै आएका थिए । परीक्षाको नतिजाबाट सन्तुष्ट दुबैले उच्च शिक्षा अध्ययन गर्ने प्रतिक्रिया दिएका छन् ।