२०७६ मंसिर ६ गते

ग्रेडबराबरको रकम नपाएको भन्दै सर्वोच्चमा मुद्दा


काठमाडौं । प्राविधिक ग्रेडबराबरको रकम नपाएको भन्दै स्रोतव्यक्ति तथा शिक्षकले सरकारविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका छन् । तालिम र योग्यता हुँदा हुँदै खाइपाइ आएको  प्राविधिक ग्रेडबराबरको रकम विगत एक वर्षदेखि नपाएको भन्दै उनीहरुले मुद्दा दायर दायर गरेका हुन् ।


सुनसरीका दुईजना स्रोतव्यक्ती सहित ५० जना शिक्षक र कास्कीका ४ जना गरी ५४ जनाले आइतवार सर्वोच्चमा मुद्धा दायर गरेका हुन् ।   विज्ञान, शिक्षा र तालिम लिएका शिक्षकलाई दिइँदै आएको प्राविधिक दुई ग्रेड तहअनुसारको रकम सरकारले नदिएपछि शिक्षकहरु न्यायको ढोका ढकढकाएका अधिवक्ता कोषराज काफ्लेले जानकारी दिए ।


आफुहरुले २०७१ सम्ममा सो ग्रेड अनुसारको रकम पाउँदै आएको भएपनि एकाएक शिक्षक किताव खानाले रकम काटिदिए पछि सर्वोच्चमा रिट दायर गरेका मुद्धा दायर गर्ने पव्लीक हाइस्कुल  धरान ११ का शिक्षक तथा हाल काजमा स्रोत व्यक्तिको जिम्मेवारीमा रहेका शिक्षक खेमचन्द्र सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार सुविधाबाट सो सेवाबाट ३० हजार शिक्षक बञ्चित छन् ।

सुवेदी सँगै सुनसरीका स्रोतव्यक्ति बलाराम भट्टराई, पव्लिक हाइस्कुल धरान ११ का प्रधानाध्यापक इन्द्रमोहन झा, जनता मावि इटहरीका प्रधानाध्यापक छत्रपति ढुंगेल साथै कास्कीका शिक्षकहरु जीवनाथ सुवेदी र घनानाथ भण्डारी लगायत ५४ जनाले शिक्षकलाई दिँदै आएको थप दुई ग्रेड बराबरको रकम उपलब्ध गराउनुपर्ने मागसहित मुद्धा नं. २०७३ डब्लु–ओ ०७४२ मा मुद्दा दायर गरेका हुन् ।


रिट दायरसँगै उनीहरुले अन्तरिम आदेशको पनि माग गरेका छन् । अधिवक्ता काफ्लेका अनुसार यस मुद्धामा भोली बहस हुनेछ ।


नेपाल सरकारले तोकेको तलब स्केलको अनुसूची १ देखि ९ सम्ममध्ये ९ औं अनुसूचीमा प्राविधिक स्केलको व्यवस्था गरेको छ । उक्त रकम तालिम प्राप्त शिक्षकअन्तर्गत दश महिने तालिम प्राप्त, एसएलसीमा चारसय पूर्णांकको शिक्षा प्राप्त गरेका, बीएड सकाएका  र बिएसी गरेकालाई विज्ञान भत्ता भन्दै शिक्षकलाई दुई ग्रेड बराबरको रकम दिने कानूनमा व्यवस्था छ । तर गएको वजेटमा सो कुरा हटाइएपछि विद्यालय शिक्षक किताबखानाले उनीहरुलाई २ ग्रेड रकम नदिएको हो । उनीहरुले बजेट बनाउने मन्त्रीपरिषद, अर्थमन्त्रालय, शिक्षा मन्त्रालय र विद्यालय शिक्षक किताबखाना विरुद्ध मुद्दा दायर गरेका हुन् ।  

सरकारले प्राविअन्तर्गत ए ग्रेडकोलाई ७ सय ८३, बी ग्रेडकोलाई ८ सय २३ सय तथा निमाविको ए ग्रेडकोलाई ८ सय २३, माविकोलाई एकहजार १७ र मावि द्धितीयकोलाई ११ सय ४१ रुपियाँ दिँदै आएको छ ।


बिए गरेका माध्यमिक तहका तृतीय श्रेणीका शिक्षकले शिक्षकले ३० हजार ५ सय तलव सुविधा पाउने तर विएड, विएस्सी र तालिम प्राप्त शिक्षकले ३२ हजार ५ सय ३४ रुपिया तलव सुविधा पाउँदै आएका थिए ।   
 


Comments: