२०७६ चैत्र २२ गते

'विद्यालय कर्मचारी र इसिडि शिक्षकले न्यूनतम सुविधा कहिले पाउँछन् प्रधानमन्त्रीज्यू ?'

इपाटी संवाददाता


काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षमा सरकारले हासिल गरेको उपलब्धिको फेरिहस्त सुनाउदै गर्दा एकजना सांसदले विद्यालय कर्मचारी र प्रारम्भिक बालविकास(इसिडि)मा कार्यरत शिक्षकहरुको सुविधा बारे बोलेका छन् ।

तेह्रथुमका नेकपाका सांसद भवानी प्रसाद खापुङले सामुदायिक विदालयमा कार्यरत इसिडि शिक्षकले मासिक ६ हजार र विद्यालयकर्मचारीहरुले मात्र मासिक साढे चार हजार देखि साढे सात हजारसम्म बुझ्ने गरेको बताए ।

संसदमा प्रधानमन्त्रीसँग प्रश्न गर्दै सांसद खापुङले भने– 'विद्यालयमा कार्यरत कर्मचारी र इसिडि शिक्षकले कानूनबमोजिमको न्यूनतम सुविधा मासिक १३ हजार ५ सय कहिले देखि पाउँछन् प्रधानमन्त्री ज्यू ?'


Comments: