२०७६ कार्त्तिक ६ गते

बालविकास केन्द्र सञ्चालनमा समस्या

प्रभा रावत/सुर्खेत


कर्णाली प्रदेशमा साना विद्यालय जान नसक्ने बालबालिकाको लागि भन्दै बालविकास केन्द्र खोलिएका छन् । भौगोलिक रुपमा विकट रहेको प्रदेशका जिल्लाका बालकालिकालाई शिक्षा आरम्भ गर्न सहज होस भनेर केन्द्र खोलिएका हुन् ।


तर पछिल्लो समय प्रदेशमा खोलिएका बालविकास केन्द्र सञ्चालनमा समस्या देखिएको छ । भौतिक संरचनाको अभाव तथा सरकारी वेवास्ताका कारणले केन्द्र सञ्चालनमा समस्या देखिएको हो । साना बालबालिकाको बौद्धिक विकासका लागि भन्दै खोलिएको बालविकास केन्द्र पछिल्लो समय सञ्चालनमा समस्या चुलिदै गएको छ । नगर प्रारम्भीक वालविकास सुधार समिती सुर्खेतका अध्यक्ष  लंका योगीले केन्द्रको लागी चाहीने भौतिक तथा शैक्षिक सामग्रीको अभाबमा  कक्षा सञ्चालन गरिरहेका छौँ । उनले भनिन,‘चुनौति धेरै छन् साना संबेदनशिल अवस्थाका बच्चाहरु हुन्, बच्चाहरुको चौतर्फी विकासको लागि विभिन्न शैक्षिक सामग्री चाहिन्छन्,  ति सामग्री नहुँदा बालबालिकालाई शिक्षण गराउन पनि समस्या भएको छ ।’


नेपाल सरकारको मातहतमा सञ्चालन भएका बालविकास केन्द्रमा विगतमा आउने रकम बन्द भएपछि थप आर्थिक समस्या थपिएको छ । कर्णालीमा २ हजार ४ सय ९६ वटा बालविकास केन्द्र  सञ्चालनमा  रहेका छन् । जसमा ४७ हजार १ सय ८० जना बालवालिका रहेका छन् । जहाँ साना बालबालिकालाई शुद्ध पिउने पानी, बालमैत्रि भौतिक संरचना नहुनु जस्ता समस्या जटिल बन्दै आएका छन् । बालविकास केन्द्रमा काम गर्दै आएका सेविकालाई पनि केन्द्रमा काम गर्न पनि त्यति सहज छैन । मासिक रुपमा पारिश्रमिक नपाउने समस्या सँगै पारिवारिक दबावसमेत झेल्नुपर्ने हुन्छ । वीरेन्द्रनगर ६ को बालविकास केन्द्रकी सेवीका गोमा गिरीको भनाइ छ ।


बालबालिकाको विद्यालय जान योग्य बनाउने पहिलो खुड्कीलोका रुपमा रहेका बालविकास केन्द्रहरु नै संचालनमा समस्या आएपछि बालिबालिकालाई विद्यालय आउने बानी कसरी पार्ने भन्ने चुनौती थपिएको छ । बालविकास केन्द्रमा बालमैत्री भौतिक संरचना, शैक्षिक पुर्वाधारको व्यावस्था, बालबालिकाको स्वास्थ्य उपचार जस्ता कुनै पनि व्यवस्था छैनन् । कर्णालीमा रहेका यस्ता बालविकास केन्द्रमा देखिएका समस्या समाधानका लागी प्रदेश सरकारले बालविकास केन्दे्र नमुनाका रुपमा सञ्चालन गर्ने भन्दै वजेट विनियोजन गरेको समाजिक विकास मन्त्रालयले जनाएको छ । स्थानिय तहसम्ग मिलेर बालविकास केन्द्रमा देखिएका समस्या समाधान गर्ने सामाजिक विकास मन्त्री दल रावले बताए ।


विद्यालय तहमा अध्ययन सुरु गर्नका लागि तयार बनाउने पहिलो खुड्कीलो नै अव्यवस्थित हुँदा बालबालिकाको पढ्ने बानी विकासमा नै ठूलो समस्या उत्पन्न हुने देखिन्छ । पढ्ने बानीको विकास गर्ने थलोका रुपमा रहेका बालविकास केन्द्रलाई स्थानीय सरकार र प्रदेश सरकारले व्यवस्थित गर्न जरुरी छ । बालविकास केन्द्रहरु गुणस्तरिय भएमात्रै सरकारले सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्य सफल बन्न सक्छ ।

 

Comments: