२०७६ मंसिर २९ गते

शिक्षासेवीहरुलाई युएण्टोको सम्मान

ईपाटी संवाददाता


काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले विभिन्न क्षेत्रमा रहेर लामो समयदेखि शिक्षा सेवामा क्रियाशिल व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।


उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्को अवसर पारेर युएण्टोले शिक्षासेवीहरुको सम्मान गरेको हो ।


सम्मानित हुनेहरुमा शिक्षाविद डा. टंकनाथ शर्मा, निजामति कर्मचारीबाट प्रदेश नम्बर ३ का शिक्षा सचिव दिपेन्द्र सुवेदी, शिक्षा पत्रकारबाट शिक्षा पत्रकार समूहका पूर्व अध्यक्ष एवं आजको शिक्षा राष्ट्रिय साप्ताहिक पत्रिकाका सम्पादक सूदर्शन सिग्देल रहेका छन् ।


यसैगरी उत्कृष्ट सामुदायिकका प्रअहरुबाट ज्ञानोदय मावि बाफलका प्रअ नातीकाजी महर्जन र विश्वनिकेतन माविका प्रअ हेरम्वराज कँडेल र अन्य शिक्षासेवीहरुबाट क्रषिराम चाँपागाई, इन्द्रराज भट्टराई, विजय बानिया, दिलेन्द्र प्रसाद ढकाल सम्मानित भएका छन् । यस्तै, सुशिल उप्रेती र दिपेन्द्र ढुंगानालाई पनि सम्मान गरिएको छ ।


सम्मानित हुनै सबैलाई पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मानपत्र र खादा वितरण गरेका थिए ।


कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, पूर्व शिक्षा मन्त्री गंगालाल तुलाधर, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेल, शिक्षा मन्त्रालयका सहसचिव वैकुष्ठ अर्याल, शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा, नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेल लगायतको उपस्थिति रहेको थियो ।

1

Comments: