• हेर्नुहोस्, निमावितहको पश्चिम, म.प. र सु.प. क्षेत्रको सामाजिक विषयको नतिजा
    (ईपाटी संवाददाता)


  • भक्तपुर । शिक्षक सेवा आयोगले विहिवार अस्थायी शिक्षकको निम्न माध्यमिक तहको पश्चिम, म.प. र सु.प. विकास क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले सोमबारदेखि अस्थायी शिक्षकको आन्तरिक विज्ञापनको नतिजा सार्वजनिक गर्न शुरु गरेको थियो ।

    आयोगले सोमबार सबै क्षेत्रको  निम्न माध्यमिक तहको ’गणित विज्ञान’ र पूर्व र मध्यमाञ्चल विकास क्षेत्रको गणित विषयको नतिजा सार्वजनिक गरेको थियो । त्यसैगरी मंगलवार पाँचै विकास क्षेत्रको कम्प्युटर, गणित र विज्ञान विषयको नतिजा सार्वजनिक गरेको थियो भने बुधवार सवै क्षेत्रको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको थियो ।

    अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराउन असार २९ र ३० गते परीक्षा लिइएको थियो । परीक्षामा अस्थायी दरबन्दी कायम रहेको २२ हजार ७९ पदका लागि अस्थायी शिक्षकबीच प्रतिस्पर्धा भएको थियो ।  शिक्षकका फरकफरक समूहले फरकफरक माग राख्दै आन्दोलन गरेकाले आयोगले पाँचौ पटकको प्रयासमा अस्थायी शिक्षकका लागि परीक्षा लिन सफलता पाएको थियो ।

    यसबाहेक आयोगले खुला प्रतिस्पर्धाबाट १२ हजार ७ सय ३९ दरबन्दीमा शिक्षक नियुक्त गर्न असोज ११, १२ र १३ गते परीक्षा सञ्चालन गरेको थियो ।