२०७६ असोज २ गते

बलात्कार आरोपित जिशिअले पाए सफाइ

गुलरिया । बलात्कारका आरोपित बर्दियाका जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाललाई बर्दिया जिल्ला अदालतले सफाइ दिएको छ। पुर्पक्षका लागि जिल्ला कारागार बर्दियामा राखिएका नेपाललाई मंगलबार जिल्ला अदालतले सफाइ दिएको हो।

अदालतले सफाइ दिएलगत्तै नेपाललाई परिवारको जिम्मा लगाइएको छ। आफूमाथि भएको ठूलै षडयन्त्र उपर आफूले न्याय पाएको नेपालको भनाइ छ।  शैक्षिक सुधारतर्फ आफूले गरेको कार्यलाई निरन्तता दिने उनले बताए।

यादव आचार्यले अन्नपुर्णपोष्टमा खबर लेखेका छन् ।

 

Comments: