२०७६ कार्त्तिक ३ गते

सामुदायिकमा चाप

अन्तैबाट

खोटाङ  । केपिलासगढी गाउँपालिका १ की ७६ वर्षीया जुरीमाया राई घण्टी लाग्नुअघि नै विद्यालय आइपुग्छिन् । जुरीमायाँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजारस्थित सरस्वती माविमा कक्षा २ मा अध्ययनरत हुन् ।


जुरीमाया मात्र होइन थुप्रै बालबालिका पनि विद्यालय जान हतारो गर्छन् । किनभने सरस्वती माविको वातावरण विद्यार्थीमैत्री भएपछि उनीहरू कुनै दिन नछुटाई विद्यालय आउने गरेका हुन् । एकताका हात्तै विद्यार्थी घटेको यो विद्यालयमा अहिलेको ओइरो लाग्छ ।


विद्यार्थी धेरै भएपछि प्रवेश परीक्षा लिनु परेको प्रधानाध्यापक ध्यानबहादुर राईले बताए । 'शैक्षिक गुणस्तर बढेपछि विद्यार्थीको चाप बढ्यो' उनले भने 'थामिनसक्नु भएपछि प्रवेश परीक्षा लिन वाध्य भइयो ।' उक्त माविमा १५ सय ६४ विद्यार्थी छन् । शैक्षिक गुणस्तर बढेपछि निजी विद्यालयका विद्यार्थीहरू समेत उक्त विद्यालयमा आएका छन् । यहाँ एकदेखि १२ कक्षासम्म सञ्चालन भएको छ । शैक्षिक गुणस्तर सुधारपछि प्लसटुमा पनि विद्यार्थी बढको सहायक प्रधानाध्यापक शिवहरि ढकालले बताए ।

यो विद्यालयमा मानविकी, व्यवस्थापन र शिक्षा संकाय पढाई हुने गरेको छ । यसबाहेक कृषि अन्तरगत बाली विज्ञान समेत पढाई हुन्छ । यसका लागि ३३ जना शिक्षक कार्यरत छन् । यसअन्तरगत आधाभूत तहमा १५, माध्यमिकतहमा १६ र कृषिमा दुई जना शिक्षक कार्यरत छन् । यो भौतिक संरचनाको हिसावले पनि धनि छ ।

पक्की भवन ६, कच्ची ५ वटा गरी जम्मा ३० वटा कक्षा कोठा छन् । यसले विद्यार्थीलाई विभिन्न सेक्सन छुट्टयाएर पढाइएको प्रअ राईले सुनाए । विभिन्न प्रयोगशाला, पुस्तकालय तथा अंग्रेजी माध्यमबाट पढाइने भएकाले पनि विद्यार्थीको चाप बढेको राईको तर्क छ । 'मेहनेत गरेर पढाइयो भने शिक्षाको गुणस्तर बढिहाल्दो रै'छ ।' प्रअ राईले भने, 'त्यसमाथि अंग्रेजी माध्यम भन्ने वित्तिकै अभिभावकहरूको मन पनि परिवर्तन हुँदो रै'छ ।'

कान्तिपुरमा खबर छ ।

Comments: