• सबै क्षेत्रको नेपाली, सुदुरपश्चिमको सामाजिक र पश्चिमाञ्चलको शिक्षाको लिखित नतिजा
    ()

  • भक्तपुर । शिक्षक सेवा आयोगले ३ विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले स्थायी शिक्षकको लिखित परीक्षाको तेस्रो चरणको नतिजा  सार्वजनिक गर्नेक्रममा शनिबार पाँचै विकास क्षेत्रको नेपाली र सुदुरपश्चिमको सामाजिक र पश्चिमाञ्चलको शिक्षाको नतिजा सार्वजनिक गरेको हो ।

    नतिजा लागि यहाँ क्लिक गर्नुहोस् ।


    नतिजा अनुसार पूर्वाञ्चलबाट परीक्षामा सहभागि  एक हजार ५५३ जनामध्ये एक हजार २९१ ले लिखित परीक्षा उत्तीर्ण गरेका छन् । मध्यमाञ्चलबाट २ दुइहजार ३७९ जनामध्ये  एकहजार ७७८, पश्चिमाञ्चलबाट  दुइहजार ८०५ मध्ये दुइहजार २४७, मध्यपश्चिमाञ्चलबाट एक हजार २४७ जनामध्ये नौसय ५८ र सुदुरपश्चिमाञ्चलबाट परीक्षामा सहभागि एक हजार २०८ जनामध्ये  नौसय ७८ उत्तीर्ण भएका छन् । गत असार ४ गते सम्पन्न माध्यमिक तहको परीक्षामा १४ विषयका ६ सय ११ पदका लागि गरेको विज्ञापनमा ४० हजारको आवेदन परेको थियो । जसमा ३८ हजारले परीक्षा दिएका थिए ।

    यस्तै सुदुरपश्चिममा सामाजिक विषयको लिखित परीक्षामा सहभागि एकहजार १०० जनामध्ये ८९२ जना उत्तीर्ण भएका छन् । यस्तै पश्चिमाञ्चल क्षेत्रको शिक्षाको परीक्षामा सहभागि ७८ जनामध्ये ७२ जना उत्तीर्ण भएका आयोगका प्रशासकिय प्रमुख लक्ष्मिराम पौडेलले जानकारी दिए ।


    आयोगले पहिलो चरण अन्तर्गत  विहिबार पाँचै विकास क्षेत्रको विज्ञान र कार्यालय सञ्चालन तथा लेखा तथा को नतिजा सार्वजनिक गरेको थियो आयोगले स्थायी शिक्षकको लिखित परीक्षाको दोस्रो चरणको नतिजा  सार्वजनिक गर्नेक्रममा शुक्रबार अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको थियो  ।

    लिखितमा उत्तीर्ण परीक्षार्थीको अन्तर्वार्ता सुदुर पश्चिमको कात्तिक ३ गते, पूर्वाञ्चल र मध्यमाञ्चलको कात्तिक ७ गते र पश्चिमाञ्चल तथा मध्य पश्चिमाञ्चलको कात्तिक ८ गते  आयोगको केन्द्रिय कार्यालय सानोठिमीमै हुनेछ ।

    गत असार ४ गते सम्पन्न माध्यमिक तहको परीक्षामा १४ विषयका ६ सय ११ पदका लागि गरेको विज्ञापनमा ४० हजारको आवेदन परेको थियो । जसमा ३८ हजारले परीक्षा दिएका थिए ।