२०७६ असोज २ गते

विद्यालयका पदाधिकारीहरुलाई बाल अधिकार र बाल विवाह सम्बन्धि अभिमुखीकरण

राजन रावत/हुम्ला



जिल्लाका चार वटा गाउँपालिकाका विद्यालयका व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका अध्यक्षहरुलाई बाल अधिकार तथा बाल विवाह सम्बन्धि अभिमुखीकरण गरिएको छ । विद्यालयलाई बाल अधिकारको पूर्ण जानकारी र बाल विवाह विरुद्ध जनचेतना फैलाउन विद्यालयका जिम्मेवार पदाधिकारीहरुलाई सो तालिम प्रदान गरिएको हो ।


गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा हिमाली समाज विकास तथा अनुसन्धान केन्द्र हुम्लाको आयोजनामा सञ्चालित बाल अधिकार र बाल संरक्षण सम्वन्धी ३ दिने जन चेतनामूलक अभिमुखिकरण कार्यक्रममा २५ जना सहभागीहरु रहेका थिए ।


कार्यक्रममा सो कार्यक्रम लागु भएको विद्यालयका व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सदस्यहरुको सहभागिता रहेको जिएनआईका जिल्ला संयोजक मन कुमार राईले बताए ।


बालअधिकार र बाल संंरक्षणका क्षेत्रमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको भुमिका वारे बोध गराउन आवश्यक रहेकोले कार्यक्रम सञ्चालन गरिएको राईले जानकारी दिए ।


बाल विवाहलाई न्यूनिकरण गर्नको लागि अभिभावकहरुको प्रमुख जिम्मेवारी वोध गराउने र विद्यालय र समुदायमा बाल संरक्षण र अधिकार सुनिश्चत गर्न अगुवाईको लागि  विद्यालय व्यवस्थापन समिति र शिक्षकअभिभावक संघको क्षमता विकास हुने विश्वास आयोजकले लिएको छ ।


तीन दिने कार्यक्रममा बाल अधिकार, बाल संरक्षण र बाल विवाह र बाल मैत्री स्थानीय शासनका बारेमा सहजकर्ता राजन रावतले सहजिकरण गरेका थिए ।
अभिमुखीकरण कार्यक्रममा जिल्ला १३  विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षक अभिभावक संघका अध्यक्षहरुको सहभागिता रहेको थियो ।



Comments: