२०७६ मंसिर २९ गते

करारमा शिक्षक नियुक्ति र जिल्लान्तर सरुवामा रोक

इपाटी संवाददाता


काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलानको कार्य सम्पन्न नभएसम्म करारमा शिक्षक नियुक्ति  र जिल्लान्तर सरुवामा रोक लगाएको छ ।


केन्द्रले यसअघि कार्तिक २४ गते पनि यस्तै सूचना जारी गरेको भएपनि जिल्लाहरुबाट यस विषयमा द्विविधा व्यक्त भएपछि पुनः सूचना जारी गरेको हो ।


अब शिक्षक दरबन्दी मिलान सम्पन्न नभएसम्म सबै तहको स्वीकृत शिक्षक दरबन्दी र राहत अनुदान कोटामा करारमा शिक्षक नियुक्ति र जिल्लान्तर सरुवा रोक्का भएको छ ।

Comments: