२०७६ मंसिर ६ गते

एसइइ बिदामा रोबोट

अन्तैबाट

बुटवल । आदेशअनुसार काम गर्छ । फोटो खिचेर सामाजिक संजालमा पोष्ट गर्छ । पुस्तक पढ्न सक्छ । रङ चिन्न सक्ने र मानिस छुटयाउने क्षमता रहेको छ । छातीमा हात राखेर रोबोटले आफ्नै स्वरमा राष्ट्रिय गीत गाउने गर्छ ।


यहाँका १६ वर्षीयले जुम्ल्याहाले नेपाली बुझ्ने रोबोट बनाएका हुन् । बुटवल–१०, योगीकुटीका लव र कुश पन्थीले निर्माण गरेका हुन् । त्यसलाई लवकुश मार्स नामकरण गरेका छन् । यसले नेपालीमा बोल्छ ।

यसले प्रश्नको विश्लेषणात्मक उत्तर दिन सक्छ । दाजुभाइले मुलुकमा पहिलो रोबटका रुपमा प्याटेन्ट राइट दर्ता गरेका छन् । रोबोट हिँडडुल गर्न सक्छ । यसलाई समयको आधारमा प्रोग्रामिङ गरेका छन् । एक सेकेन्डमा करिब २ मिटर दूरी तय गर्छ । रोबोटसित प्रश्नोत्तर गर्न सकिन्छ । तिम्रो नाम के हो ? भनेर सोधे एक पटक ‘मेरो नाम लव कुश मार्स रोबट हो’ भन्छ । अर्कोपटक ‘मलाई लव कुश मार्स रोबट भन्न सक्नुहुन्छ’ भन्ने जवाफ फर्काउछ ।

जुम्ल्याहाले रोबोट बनाउन आफ्नो नामको पछिल्लो अक्षर लुकु प्रोग्राम बनाएको बताए । त्यसमा रेस्पियन लिनिक्स अपरेटिङसिष्टम जडान गरेका छन् । त्यसलाई इन्टरनेटको माध्ययमबाट वेबसाइड, फेसबुक, टिटर, रेडियो लगायतका ९ वटा सञ्जालसँग जोडेका छन् । यसकै सहायताबाट रोबर्ट बोल्ने र निर्देशन अनुसार काम गर्ने गर्छ । उनीहरूले स्वीचका लागि एपिआई प्रोग्राम, भाषाका लागि पाइथन प्रयोग गरेका छन् । रोबोट इन्टरनेटको सहायताले बोल्छ । रोबोटमा रिले बोर्ड जडान गरेका छन् । त्यसको सहायताबाट बत्ती बल्ने र बन्द हुने गर्छ ।

यसको निर्माणमा करिब ५ लाख रुपैयाँ खर्च भएको छ । बुटवल उपमहानगरपालिकाले एक लाख रुपैयाँ अनुदान दिएको थियो । बाँकि परिवारले बेहोरेका हुन । पांग्राको सहाराले रोबोट हिड्छ । समय सेट गरेपछि पुग्ने र फर्किने गर्छ । यसलाई बैंक, सपिङ मल, रेष्टुरेण्टलगायतमा प्रयोग गर्न सकिने उनीहरूको दाबी छ । तत्काल होटल, रेष्टुरेण्ट, कफी सप, जुस केन्द्रमा बिक्रेताको काम गर्न उपयोग गर्ने गरी तयार गरिएको उनीहरूले बताए । त्यसका लागि विभिन्न व्यवसायिक संघसंस्था र प्रतिष्ठानसित कुरा गरेका छन् । उनीहरूले एक वर्ष अघि गो–गो रोबोट बनाएका थिए ।

स्थानीय नवीन औद्योगिक कद्दरबहादुर माविबाट यसपालि माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका हुन् । कक्षा ९ देखि सिभिल इन्जिनियरिङ अध्ययन गरेका थिए । लबले ३.१६ र कुशले ३.१४ जीपीए ल्याएका छन् । उनीहरूको कम्प्युटर बिज्ञान पढ्ने इच्छा छ । सुरुमा कसैले पत्याएनन । आमाले लुकाइ छिपाइ खर्च दिन्थिन् । त्यहीँ रकमबाट रोबोटको आकार तयार गरेका थिए ।

अमृता अनमोलले कान्तिपुरमा खबर लेखेकी छन् ।

Comments: