२०७६ भदौ २ गते

बाल विवाह सम्बन्ध वक्तृत्वकला

राजन रावत/हुम्ला


१ सय ९औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बाल विवाह र यसको न्यूनिकरण विषयक वक्तृत्वकला प्रतियोगिता सञ्चालन भएको छ । जिल्ला भरी बालविवाह बढी रहेको बेला नारी दिवसको अवसरमा सो प्रतियोगिता सञ्चालन गरिएको हो ।

पाँच जना छात्राछात्रहरुले सहभागिता जनाएको माविस्तरीय प्रतियोगितामा विद्यार्थीबीच सञ्चालन गरिएको बालविवाह र यसको न्यूनिकरण शिर्षकको वक्तृत्वकलामा छात्रछात्राहरुले पनि हुम्लामा हुने बाल विवाहको यथार्थता आफ्नो भनाईबाट झल्काएका थिए ।

 सो प्रतियोगितामा आफ्नो मन्तव्य दिने क्रममा बाल मन्दिर माविकी छात्रा मनिसा हमालले माघ यता आफु सँगै यस पालीको माध्यामिक शिक्षा परीक्षा ( एसईई ) दिने तीन जना साथीले एक महिनामा बाल विवाह गरेको कुरा सार्र्वजनिक गरेकी थिइन् ।

 प्रतियोगितामा तिनै हमाल प्रथम स्थान हासिल गर्न सफल भइन भने  मानसरोवर माविकी छात्रा आकृति बोहरा द्धितीया, बालमन्दिर माबिकी जुनेली तृतीया र सैपाल माविकी छात्र पु्रबु बुढा सान्त्वना हुन सफल भइन् ।

 प्रतियोगितामा बिजेता छात्राहरुलाई नगद पुरस्कार तथा प्रमाण् पत्र प्रदान गरिएको थियो ।



Comments: