२०७६ माघ ८ गते

शिक्षक समाजका नेता अधिकारी माओवादी केन्द्रमा


गोरखा । नयाँ शक्ति पार्टी निकट नेपाल शिक्षक समाजका केन्द्रिय नेता रामप्रसाद अधिकारी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।


तत्कालीन नेकपा माओवादी केन्द्र निकटको शिक्षक सङ्गठनको केन्द्रिय उपाध्यक्ष रहेका अधिकारी डाक्टर बाबुराम भट्टराईले पार्टी फुटाएर नयाँ शक्ति पार्टी नेपाल गठन गरेपछि भट्टराई सँगै नयाँ शक्ति प्रवेश गरेका थिए ।


नयाँ शक्ति पार्टीका केन्द्रिय सदस्य समेत रहेका अधिकारी गोरखा नगरपालिका-१० छेपेटारमा आयोजित चुनावी सभामा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
अजिरकोट गाउँ ३ काफलडाडा स्थायी घर भएका अधिकारीलाई नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर २ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) ले अबिरमाला लगाएर स्वागत गरेका थिए ।


यसअघि शिक्षक समाज नेपालका केन्द्रिय संयोजक दलबहादुर विसी, केन्द्रिय सदस्य इन्द्रराज भट्टराईलगायतका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरिसकेका छन् ।

Comments: