• एसइइमा हुम्लाबाट हालसम्म कै बढी परीक्षार्थी
    (राजन रावत/हुम्ला)


  • अहिले सञ्चालनमा भइरहेको माध्यामिक शिक्षा परीक्षा (एसइइ) मा हुम्ला जिल्लाबाट हालसम्मै कै बढी परीक्षार्थीहरुको सहभागीता रहेको छ । पछिल्लो समय परीक्षाको फारम भरेर परीक्षामा सहभागीता जनाउने क्रम बढेपछि जिल्ला मै पहिलो पटक यति धेरै प्रतिशत परीक्षार्थीहरुको सहभागिता रहेको हो ।


    यस पटक जिल्लाका छ वटा परीक्षा केन्द्रमा गरि अन्ठानब्बे दशमलव चौतीस प्रतिशत परीक्षार्थीहरुले परीक्षामा सहभागीता जनाएर पहिलो पटक एसइइ परीक्षामा धेरै परीक्षार्थीको सहभागिता रहेको छ ।


    जब कि गत वर्ष यो प्रतिशत चौरानब्बे रहेको थियो । नौ सय चौसट्टी परीक्षार्थीहरुले परीक्षाफारम भरेको भए पनि नौ सय अठ्चालीस जना परीक्षार्थीले परीक्षामा सहभागीता जनाएको र सोह्र जना अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख बर्ख बहादुर फडेराले जानकारी दिए ।


     यसमा खुल्लाले गर्दा केही विद्यार्थीको परीक्षामा सहभागीता नभए पनि वर्षेनी रुपमा यो संख्यामा वृद्धि हुनु सकरात्मक पक्ष भएको उनको भनाइ थियो ।


    सदरमुकाम सिमकोटमा रहेका दुई वटा परीक्षाकेन्द्रहरु बालमन्दिर माविमा एक सय ७७ जना परीक्षार्थीमा चार जना अनुपस्थित रहेको र मानसरोवर  माविमा एक सय ३४ जना परीक्षार्थीहरु रहेकोमा एक जना मात्र अनुपस्थित रहेको बालमन्दिर मावि परीक्षाकेन्द्रका केन्द्राध्यक्ष गंगा प्रसाद भट्टले बताए ।


    त्यसैगरी मदानादेव माविमा दुई सय १९ जना परीक्षार्थीमा चार जना अनुपस्थित, रोडिकोट मावि केन्द्रमा  एक सय तीन जना परीक्षार्थीहरुमा दुई जना अनुपस्थित, हिमज्योति मावि केन्द्रमा एक सय ८९ जना परीक्षार्थीमा चार जना अनुपस्थित र सुर्योदय मावि केन्द्रमा एक सय ४२ जना परीक्षार्थीहरुमा एक जना मात्र अनुपस्थित रहेको प्रहरी निरीक्षक एवं सुचना अधिकारी हरिहर खड्काले बताए ।


    । पहिलो दिनको परीक्षा सबैतिर शान्त र मर्यादित रुपमा सञ्चालन भएको सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले बताए । । परीक्षा सञ्चालनको बेला जिल्ला भरि कतै पनि अमर्यादित गतिविधि सञ्चालन नभएकोले परीक्षा सहज किसिमले सञ्चालन भएको उनको भनाइ थियो ।


    दृष्टिवीहिनले सदए  परीक्षा
    मानसरोवर मावि केन्द्रमा दुई जना दृष्टिवीहिन परीक्षार्थीहरुले परीक्षादिएको केन्द्रध्यक्ष अम्मर बहादुर शाहीले बताए । । दुबै जना दृष्टिवीहिनले ब्रेल लिपिमा अध्ययन गरेको भए पनि उनीहरु दुबै जनाको सट्टामा परीक्षादिने व्यवस्था गरिएको थियो । त्यसै गरि तीन जना अपांगता र एक जना बिरामी र एक जना नाबालक सहितका परीक्षार्थीहरुले पनि परीक्षामा सहभागीता जनाएका थिए । उनीहरुलाई थप पन्द्र मिनेट समयको व्यवस्था गरिएको थियो ।