२०७६ कार्त्तिक २७ गते

अस्थायी शिक्षक परीक्षा रद्द भएको होइन स्थगित मात्रै गरिएको हो : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षा रद्द नै नभइ स्थगित मात्रै भएको बताएका छन् ।

अस्थायी शिक्षकको परीक्षा नै नहुने समाचारहरु सार्वजनिक हुन थालेको प्रति रुष्ट हुँदै मन्त्री पोखरेलले परीक्षा रद्द नभई तत्कालका लागि स्थगित मात्रै भएको स्पष्ट पारेका हुन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको एक दिवशीय शैक्षिक कार्यशालामा बोल्दै मन्त्री पोखरेलले छिट्टै अस्थायी शिक्षकहरुकालागि आन्तरिक परीक्षाको नयाँ मिति तय गरिने बताए ।

प्हिले खुला विज्ञापन गर्ने कि आन्तरिक भन्नेवारे मन्त्रालय छलफलमा रहेको भन्दै मन्त्री पोखरेलले पहिले खुला विज्ञापन गरिएपनि पछि आन्तरिक विज्ञापन गर्ने स्पष्ट पारेका हुन् ।

अस्थायी शिक्षकहरुको आयोग खोल्ने विषय अस्थायी शिक्षकहरुलाई स्वत्तः स्थायी गर्ने विषय नभएको भन्दै परीक्षा परीक्षामा उत्तीर्ण नहुने स्थायी बन्नै नसक्ने उनको भनाइ थियो ।

अस्थायी शिक्षकहरुलाई स्वत्तः स्थायी गर्नेपरे किन आयोग खोल्नुप¥यो ? सिधै स्थायी नियुक्तिपत्र बाँडे भइगयो नि । मन्त्री पोखरेलले प्रश्न गरे ।
योग्य, दक्ष र जागिरे मानसिकता नभएको शिक्षक नियुक्ति गर्न नै परीक्षा लिनुपरेको उनको भनाइ थियो । कसैलाई स्थायी गर्न वा अस्थायी बनाउन परीक्षा सञ्चालन नगरिने स्पष्ट पार्दै यो विषय शैक्षिक गुणस्तरसँग जोडिएको उनले स्पष्ट पारे ।

शिक्षामन्त्रीले यसअघि खुलामात्रै विज्ञापन गर्ने समाचार बाहिर आएपछि पुनरुत्थान वादी समुह नेपाल निकट अस्थायी शिक्षकहरुले त्यसो गरिए सर्वोच्च अदालको मानहानी हुने भन्दै मन्त्री पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

लगत्तै शिक्षामन्त्री पोखरेलले सार्वजनिक कार्यक्रम मार्फत अस्थायी शिक्षकहरुको परीक्षा रद्द नभइ स्थगित मात्रै भएको स्पटोक्ति दिएका हुन् ।
चैत २३ गते तय भएको अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षा शिक्षामन्त्रीको पत्रसँगै शिक्षक सेवा आयोगले अनिश्चितकालका लागि स्थगित गरेको छ ।

 

Comments: