२०७६ मंसिर ४ गते

शिक्षकलाई प्रविधिमैत्री बनाइँदै

बिर्तामोड । नगरका निजि तथा आवासिय विद्यालयका अंग्रेजी शिक्षकलाई समय अनुकुल प्रविधिमैत्री बनाउन झापाको अर्जुनधारा नगरपालिकाले विषेश अभियान चलाएको छ । नगर भित्रका विद्यालयमा इन्टरनेट सेवा पुगेसँगै प्रविधियुक्त पढाई र कक्षा व्यवस्थापन गर्न नगरले सुरु गरेको हो ।

अर्जुनधारा नगरपालिकाकी शिक्षा शाखा प्रमुख जानुका गुरागाईले पहिलो चरणमा नगर भित्रका ३२ निमावि तथा माविका अंग्रेजी शिक्षक, शिक्षिकालाई समय अनुकुल प्रविधि प्रयोग गरी कसरी कक्षामा पढाउने भन्ने विषयमा तालिम दिन सुरु गरिएको बताइन् ।

पहिले चरणमा नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) को सहयोगमा सामाजिक सञ्जालको सहि सदुपयोग, इन्टरनेटको प्रयोग र अग्रेजी विषयलाई शुद्ध र विश्वस्तरीय पढाउने भन्ने विषयमा नगरका ३५ अंग्रेजी शिक्षकलाई तीन दिने तालिम दिन सुरु गरिएको नेल्टाका झापा अध्यक्ष धर्मेन्द्र भट्टराई (मामा) ले बताए ।

सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थी निजिको तुलनामा अंग्रेजी विषयमा कमजोर हुने हुँदा तालिमले उनीहरुलाई फाइदा पुग्ने तालिमका सहजकर्ता नेल्टाका सगनु श्रेष्ठले बताए ।

अर्जुनधारा नगरपालिका शिक्षा शाखा प्रमुख गुरागाईले विश्वमा भएका गतिविधिलाई इन्टरनेटले छिनभरमै सबै स्थानमा पुयाउने भएकाले यसको सहि सदुपयोग गर्ने बेला आएको बताइन् ।

 रविन भट्टराईले अन्नपुर्णपोष्टमा खबर लेखेकी छन् ।

Comments: