२०७६ असोज ३ गते

आपत्कालको शिक्षा

प्रकाशसिंह अधिकारी

सन् २००८ मा कोशी बाढीले पूर्वका सुनसरी र सप्तरी जिल्लाका ४० हजार मानिसहरु विस्थापित र पीडित गरी एक स्तरको आपतकालको अवस्था सृजना गरेको थियो ।  त्यसले १ देखि १८ वर्षका करिब १६ हजार केटाकेटीहरुको शिक्षा प्रभावित ग¥यो । करिब डेढ दर्जन विद्यालयहरु हराए । दर्जनौ शिक्षकहरु विस्थापित भए । त्यसको व्यवस्थापन गर्न करिब एक दर्जन सरकारी, गैरसरकारी (राष्ट्रिय तथा अन्तर्राष्ट्रिय), निजी विद्यालय, शिक्षक संगठन तथा युएन तथा तिनका साझेदार संस्थाहरु संलग्न भए । पिडित केटाकेटीहरुको लागि राहतको रुपमा सयौं बाल विकास केन्द, दर्जनौ अस्थायी सिकाइ केन्द्र, विभिन्न प्रकारका विद्यालय शैक्षिक सामग्री प्याकेज, विद्यार्थीको लागि विद्यालय ड्रेस तथा मसलन्द सामग्रीको प्याकेज, ट्यूटोरियल कक्षा, तालिम कार्यक्रम आदि सञ्चालन गर्नु प¥यो । करिब तीन दर्जन अस्थायी कक्षाहरुको पुनःनिर्माण तथा मर्मत पनि भयो । नेपाल जस्तो देशको लागि यो सानो समस्या थिएन ।


नेपालको भू—अवस्थिती तथा भू—बनोट यस्तो किसिमको छ कि यहाँ कुनै पनि बेला भूकम्प जानसक्छ । जलवायु परिवर्तनले भूमण्डलिय तापक्रम वृद्धि गर्दा मौसम, बेमौसम अल्प तथा अति वृष्टिले गर्दा बाढीको समस्या पनि बढदै गएको छ । नेपालका पहाडहरु पनि नयाँ भएकाले ठूला पहिरोहरु गएर मानविय क्षतिमा बृद्धि हुँदैछ । प्रत्येक वर्ष तापक्रममा बृद्धि भएर खडेरी, महामारी र भूखमरीको समस्या पनि बढदै गैरहेको छ । बेलाबेलामा पश्चिम नेपालमा फैलिएको महामारी यसको उदाहरण हो । प्रकृतिले मात्र होइन  डेढ दशक भन्दा बढी समय देखि राजनीतिक अस्थिरताले पनि मानव निर्मित आपत निमत्याएको छ । त्यसैगरी नेपाल कुुनै पनि बेला कुनै पनि प्राकृतिको कोपभाजन हुनसक्छ र आपतकालिन अवस्था सृजना हुनसक्छ भन्ने अनुमान विशेषगरी भूकेही वर्ष देखि गरिएकै हो ।  


न भन्दै नयाँ वर्ष २०७२ सालको वैशाख १२ गते शनिवार दिउसो करिब १२ बजे ३० जिल्लाहरुलाई प्रभावित गर्दै ७ . ६ रेक्टरको विनाशकारी भूक्मप गयो । ती मध्ये १५ जिल्ला अतिप्रभावित भयो । अहिले सम्मको जानकारीअनुसार यी जिल्लामा व्यापक धनजनको क्षतिको साथै भूक्मपले ७२७ विद्यालयहरु पूर्ण क्षति, १४२० विद्यालयहरुको आंशिक क्षति गरेको छ । त्यसैगरी १०८८५ कक्षा पूर्ण रुपमा भत्केका छन् भने ३११३ कक्षामा आंशिक क्षति पुगेको छ । विद्यार्थी शिक्षक र समुदायको मनोसामाजिक अवस्थाले गर्दा आंशिक क्षति पुगेका विद्यालय र कक्षामा पठनपाठनको सम्भावना कति हुनसक्छ अहिले भन्न सकिने अवस्था छैन । जानकारीअनुसार नै १०८ विद्यार्थी र २१ शिक्षकको मृत्यु भैसकेको छ । त्यसै गरी अब तुरुन्तै वर्षातको समय पनि शुरु हुदैं छ यस्तो अवस्थामा शिक्षा कहिले सामान्य अवस्थामा आउला भन्न सकिन्न ।


पहिले कुनै पनि आपतकालिन अवस्थामा वा प्राकृतिक विपदा आउँदा संसारभरि नै उद्दार कार्यहरुको मुख्य प्राथमिकता गाँस, बास र कपास हुने गरेको कुरा सर्वविदित नै छ । केही वर्ष देखि शिक्षालाई मानव तथा बाल अधिकारको रुपमा स्विकार गरिसकेपछि गाँस, बास र कपास संगसंग्ौ विपदमा शिक्षा मानविय सहयोगको एउटा महत्वपूर्ण पक्षको रुपमा स्थापित भैसके पनि आपत्कालीन अवस्थामा शिक्षाको आवश्यक्ता वा यसको सम्बेदनशिल भूमिकाको सम्बन्धमा अझै पनि शिक्षाकर्मी तथा जनमानसमा दुविधा कायमै छ । आपत्कालीन अवस्थामा शिक्षाले एउटा पिडित व्यक्ति वा परिवारलाई के नै दिन सक्छ र ? के यो उचित विकल्प हो र ? भन्ने प्रश्नहरु धेरैको मनमा उठने गर्छ । आजको परिवेश र परिस्थिती धेरै फरक भैसकेको र विगतमा आपत्कालीन अवस्थामा जहाँ जहाँ शिक्षालाई एउटा महत्वपूर्ण विकल्पको रुपमा प्रस्तुत गरियो र यसले जुन भूमिका खेल्यो त्यसबाट यो गाँस, बास र कपास भन्दा कम प्रभावकारी छैन भन्ने कुरा प्रमाणित पनि भयो ।

आपत्कालीन अवस्थाको प्रभाव तुल्नात्मक रुपमा कम भएपछि पिडितहरुले केटाकेटीको शिक्षाको व्यवस्था गर्न माग गरेका धेरै उदाहरणहरु छन् । आपत्कालीन अवस्थामा शिक्षाले जुन भूमिका निर्वाह गर्छ त्यसलाई उद्धार कार्यको रुपमा हेरिनु हुन्न । त्यो त राष्ट्र पुनःनिर्माण गर्ने कार्य हुन्छ । आपत्कालीन अवस्थामा केटाकेटीहरु सिकाइमा संलग्न भए प्रौढहरुलाई त्यसबेलाको जीवनलाई सामान्य बनाउने दिशामा सोच्न तथा त्यसमा काम गर्न मौका प्राप्त हुन्छ । अब आपत्कालीन अवस्थाको लागि शिक्षा एउटा महत्वपूर्ण र अनिवार्य कार्यक्रमको रुपमा प्रतिस्थापित भैसकेको छ । त्यसकारण शिक्षाको यो नयाँ जिम्मेवारीलाई यो विपतको अवस्थामा सुनिश्चित गर्न जरुरी भैसक्यो । त्यसो हो भने के सरकारी स्तरमा यस समस्याको सम्बन्धमा कामहरु भैरहेको छ त ? नेपालको शिक्षा सम्बन्धी वर्तमान योजनाहरु, सबैको लागि शिक्षा वा स्रहशताब्दि विकास लक्ष होस् वा विद्यालय क्षेत्र सुधार कार्यक्रम ती कुनैमा पनि आपतकालिन शिक्षा व्यवस्थाको योजना गरिएको छैन् ।

आपत्कालीन शिक्षा के हो?
यो आपत्कालबाट प्रभावित बाल–बालिका , युवा तथा प्रौढहरुको शारिरीक सुरक्षा, संज्ञान , मनाेिवज्ञान, र विकाससम्बन्ध ी आवश्यकता पूरा गर्ने सक्ने गुणात्मक शैक्षिक अवसरको प्रावधान हो, जुन जीवन निर्वाह गराउने र जीवन बचाउने दुबै हुन सक्छ । आपतकालीन शिक्षाः


    शिक्षा बाल–बालिकाको मौलिक अधिकार होे । त्यसकारण आपत्कालीन अवस्थामा पनि उनीहरुले पढन पाउने अवस्था सृजना गर्नु पर्छ ।  आपत्कालीन शिक्षाले मनोवैज्ञानिक सहजता सिर्जना गर्न र सामाजिक समायोजनलाई सघाउँछ । उनीहरुको वृद्धि÷विकासमा पनि सघाउँछ । बालबालिकाको संंज्ञानात्मक र भावात्मक विकासको निरन्तरतामा  शिक्षाको महत्वपूर्ण स्थान रहन्छ ।
    तीनै प्रकारको आपत्कालीन अवस्थामा बालबालिकालाई शिक्षा प्राप्त गर्ने÷निरन्तरता दिने, संरक्षित र शोषणबाट सुरक्षित हुने अवसर प्राप्त हुनु पर्छ । आपत्कालको बेला समुदायले पनि शिक्षा (औपचारिक, अनौपचारिक र अरितिक) लाई प्राथमिकता दिन्छ ।
    सुरक्षित सिकाइ स्थलमा  (बाल विकास केन्द्र, सामुदायिक सिकाइ केन्द्र) हुने सुरक्षित क्रियाकलापले गर्दा शिक्षा विभिन्न उमेर समूहको जीवन रक्षा गर्ने र जीवन धान्ने माध्यम बन्छ।
    केही समय देखि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्था र सरकारले आपत्कालमा राहत कार्यको पहिलो प्राथमिकताको रुपमा शिक्षालाई स्थापित गर्ने दिशामा विश्व स्तरमा अधिवाचनको काम गरेका छन् । विश्वव्यापी धोषणा तथा महासंधीहरुले पनि यो शिक्षालाई महत्व दिएका छन् ।


शिक्षाले आपत्कालीन अवस्थामा भोग्नु परेको शारीरिक तथा मानसिक तनाव, स्वास्थ्य सम्बन्धी समस्या, रोग, महामारी  आदिबाट बच्न तथा आपत्कालीन अवस्थामा गरिएको व्यवस्था सम्बन्धी प्रमुख जीवनरक्षक जानकारीहरु उपलब्ध गराएर तनावपूर्ण अवस्थालाई सरल बनाउन मद्दत गर्छ । आपत्कालीन अवस्थामा शिक्षाको स्वरुपमा पनि फरक हुन्छ । सामान्य समयको औपचारिक शिक्षा आपत्कालीन अवस्थामा अनौपचारिक हुन पुग्छ र अनौपचारिक शिक्षाको महत्व र स्थानले प्राथमिकता पाउँछ । शिक्षा तत्कालिन अवस्थामा जानकारी तथा चेतना अभिवृद्धि गराउने, अनुभव आदन प्रदान गराउने, सूचना संपे्रषण, प्रचार—प्रसार गराउने सशक्त माध्यमको रुपमा देखा पर्छ । साथै यसले  भौतिक संरचना, स्थायित्व र भविष्य प्रति आश पनि जागृत गराउँछ ।  प्राकृतिक विपदको बेला समुदायमा विद्यालय मात्र एउटा त्यस्तो सुरक्षित ठाउँ हुन्छ जहाँ प्रभावित असंख्य मानिसहरुले स्थान र संरक्षण प्राप्त गर्दछन् । विपदको बेला मानिसहरु विद्यालयमा गएर शरण लिएको कुरा हामीले सुनेका र देखेका छौं तर यसलाई तुरुन्तै सिकाइ केन्द्रको रुप नै दिनुपर्छ ।


शैक्षिक गतिविधिका अभावमा आपत्कालीन अवस्था गम्भिर र तनावपूर्ण भएको धेरै अनुभवहरु छन् त्यसकारण आज भोलि पिडित परिवारहरुले अरु व्यवस्था नभए पनि शिक्षा कार्यक्रम सञ्चालन पहिलो प्राथमिकतामा पार्छन् । शैक्षिक गतिविधि सञ्चालनले गर्दा केटाकेटीहरु यताउता जान पाउँदैनन् र भेदभाव, अपहेलना झगडा, हानी, दुरव्यवहार, र हिंसाबाट सुरक्षित पनि रहन्छन् । आपत्कालीन अवस्थामा महिला, पुरुष बालबालिका युवा सबै वर्ग र जातका मानिसहरु प्रभावित हुन्छन् । सबैलाई मिल्ने शिक्षा कार्यक्रमहरुको आवश्यक्ता पर्छ । समय मिलाएर सबै समूहहरुलाई कुनै न कुनै शिक्षा कार्यक्रममा संलग्न गराउनु पर्छ । आपत्कालीन अवस्थामा शिक्षाका दुवै फाँट (अनौपचारिक र औपचारिक) लाई प्रवेश–कार्यको रुपमा सञ्चालन गरी अन्य कार्यक्रमलाई, विशेष गरी स्वास्थ्य, चेतनाकरण तथा कल्याणकारी कार्यहरुलाई एकिकृत गरी लैजानु पर्छ । आपत्कालीन शिक्षा कार्यक्रमले विषेश गरी बाल—बालिकाहरुलाई मात्र समेट्यो । प्रौढहरुको लागि तत्कालिन आवश्यक्ता तथा समस्यालाई सम्बोधन गर्ने विषेश गरी सामुदायिक सिकाइ केन्द्र जस्ता अनौपचारिक शिक्षा कार्यक्रम उपयुक्त हुन्छ । अहिले जमाना श्रव्य—दृष्य सामग्रीको भएकोले तिनको व्यवस्था प्रभावकारी हुन्छ ।


अन्य सामान्य समय भन्दा आपतकालिन अवस्थाको शिक्षाको विषयवस्तु, विधि र सामग्रीहरु अलि फरक हुन्छन् । यसले एउटा छुट्टै किसिमको जानकारी गराउँछ र पिडितहरु महत्वपूर्ण कुराहरु सिक्छन् । पिडितहरुले जीवनोपयोगी सीप अन्तरगत रोग, सम्भाव्य दुर्घटना आदिको बारेमा जान्न सक्छन् । क्याम्पहरुमा पठन पाठन सञ्चालन गर्दा केटाकेटी, तिनको परिवार र समुदायहरुको लागि त्यो एउटा सामाजिक तथा पारिवारिक वातावरण जस्तो हुन पुग्छ र त्यसले आपत्कालीन अवस्थाले सृजना गरेको तनाव, मनोवैज्ञानिक असर आदिहरु कम गर्न मद्दत पुग्छ । शिक्षा क्याम्पको व्यवस्था आपतकालमा संलग्न सबै पक्षहरु संग मिलेर एउटा सुरक्षित र खुला ठाउँमा गर्नु पर्छ जहाँ सबै कुराको  (खानेपानी, चर्पी आदि) व्यवस्था गर्न सकियोस् ।

४. आपतकाल अगाडि र पछाडि गर्नु पर्ने शैक्षिक क्रियाकलाप  
आपतकाल पूर्व तयारी


१. आपतकालको अवस्थामा विद्यालयमा शिक्षण क्रियाकलापको लागि शिक्षकको निर्धारण ।
२. शिक्षक तथा स्वयं सेवकको लागि आपतकालीन शिक्षा विषय तालीम । शैक्षिक तथा अतिरिक्त क्रियाकलापकाहरुको लागि (मनोरञ्जनात्मक) सामग्रीको व्यवस्था ।
३. साक्षरता तथा जीवनोपयोगी  सीप संग सम्बन्धित मुद्दा जस्तो एचआइभीरएड्स, लैड्डिक भेदभाव तथा शोषण,  द्वन्द्व समाधान तथा स्वास्थ्य, सफाइ आदि क्षेत्र समेटी सञ्चालित गुणात्मक  एकिकृत अनौपचारिक शिक्षा कार्यक्रम ।
४. शैक्षिक गतिविधि सञ्चालित क्षेत्रमा स्थापित र विस्थापित सामुदायको सेवाको लागि तयार कार्यक्रम ।
दुर्त सहयोगका चरण तथा क्रियाकलापहरु


१. साना केटाकेटीहरुको लागिसुरक्षित स्थानको  व्यवस्था र रमाइला क्रियाकलापहरुको कार्यान्वयन ।
२. खेलकुद, संगीत र कलाकारिता  सम्बन्धी क्रियाकलाप ।
३. विस्थापित शिक्षक, पिडित समुदाय सदस्य, र नेतृत्व लिन सक्ने र पठन पाठन सञ्चालन गर्न सक्ने क्षमता भएका किशोर किशोरीको पहिचान र परिचालन  ।


५. आपतकालमा चरणबद्ध रुपमा सञ्चालन गरिने शैक्षिक क्रियाकलाप
चरण (१)


 अनौपचारिक/अरितिक शिक्षा
१. स—साना केटाकेटी,  युवा केटाकेटी, प्रौढ महिला—पुरुषहरुको आधारभूत लेखाइ —पढाइलाई सहयोग पुग्ने शैक्षिक सामग्रीको व्यवस्था ।
२. मनोरञ्जन तथा खेलकुदलाई  सहयोग पुग्ने क्रियाकलाप र सामग्रीको व्यवस्था ।
३. पुस्तकालय  जस्तो क्रियाकलाप ।
४. आवश्यत्तामा आधारित शैक्षिक गतिविधि सञ्चालन गर्न सक्ने सहजकर्ता वा सहयोगी कार्यकर्ताको तालिम ।
५. पिडित समुदाय व्यवस्थित दुर्त—सिकाइको लागि अनौपचारिक विद्यालय सञ्चालन ।
६. जीवनोपयोगी सीपसंग सम्बन्धित अरितिक शिक्षाको व्यवस्था ।
७. परम्परागत÷आधुनिक श्रव्य —दृष्य सामग्री को  व्यापक रुपमा प्रयोग भएका  कार्यक्रम ।
चरण (२)


 औपचारिक शिक्षा
१. बाकसमा विद्यालय
२. सामान्य समय तालिकामा चलेको विद्यालय ।
३. व्यवस्थित रुपमा शिक्षण—सिकाइ क्रियाकलाप सञ्चालित विद्यालय ।
४. विषयगत पठन पाठन र परीक्षा पनि सञ्चालन गरिरहेको विद्यालय  ।

आपतकालीन शिक्षाको न्यूनतम मापदण्ड
यसले आपतकाल जस्तो अवस्थामा पनि  एउटा सम्मानित जीवन (लाइफ विथ डिगनिटी) को लागि गुणात्मक शिक्षा अधिकारको रुपमा प्रतिस्थापना गर्ने उद्देश्य राखेको छ । यो मापदण्ड सन् २००३ देखि लागु गरिएको हो । आपतकालीन अवस्थामा शिक्षाको निम्न लिखित सात वटा न्यूनतम मापदण्ड स्थापना गरिएको छः
१. समुदायको सहभागिता÷संलग्नता २. परिवेश विश्लेषण÷ परिस्थितिको मूल्यांकन ३. समन्वय
४. पहुँच र सिकाइ वातावरण ५. नियमित पठन पाठन को व्यवस्था
६. शिक्षक तथा अन्य शिक्षाकर्मीहरु ७. शिक्षा नीति


यी सात वटा मापदण्डहरुले १०९ गतिविधि समेटेका छन् ।


नेपालको राष्ट्रिय आपतकालीन शिक्षा योजना
सन् २००८ देखि नेपालमा शिक्षा सम्बन्धी राष्ट्रिय आकस्कि योजना बन्ने परम्पराको शुरुवात भयो । यसअनुसार नेपाल रेडक्रसले २४ घण्टा भित्र आकस्मिक प्रकोपको प्रारम्भिक तीव्र आँकलन र सर्वेक्षण कार्य सञ्चालन गर्नेछ । ७२ घण्टा भित्रमा तीव्र प्राविधिक मूूल्याङ्कन संचालन गर्न बहुु पक्षीय प्रारम्भिक तीव्र मूूल्याङ्कन दल परिचालन हुुनेछ । यो मूूल्याङ्कनको मुुख्य विषयवस्तु शिक्षा (औपचारिक, अनौपचारिक तथा अरितिक) हुनेछ । अरु विस्तृत शैक्षिक मूूल्याङ्कन आवश्यक परेमा शिक्षा विशेषज्ञ समूह परिचालन गरिनेछ । आपतकालको समयमा तलका शैक्षिक गतिविधि संचालन गरिनेछः


    १) प्रभावित क्षेत्रका प्रयोग लायक कक्षाहरुको मर्मत तथा सुधार  
    २) स–साना बालवालिकाकोलागि विस्थापित क्षेत्रमा बाल —मैत्री बाल विकास केन्द्र स्थापना  
३) विद्यालय जाने बालबालिकाकालागि अस्थायी  विद्यालयको व्यवस्था । शिक्षा समूहले  खानेपानी, सफाइ र स्वास्थ्य कार्यक्रमसंग  (खानेपानी तथा चर्पी आदिको लागि) समन्वय  गरी बालिका–मैत्री वातावरण सिर्जना गर्ने ।
४) विद्यालय जाने उमेरका प्रभावित बालवालिकाहरुका लागि शिक्षकहरुलाई बाल खेलौना बाकस र थप शैक्षिक सामग्रीहरु उपलब्ध गराइने । शिक्षकहरुलाई व्यापक परिचालन गरिने ।
५) प्रभावित बालबालिकालाई मनोसामाजिक सहयोग र प्रकोपको प्रभावबाट सुरक्षित गर्न     बालबालिका संरक्षण समूहको  मद्दतबाट सहयोग प्रदान गरिनेछ ।
६) शिक्षकहरुलाई मनोवैज्ञानीक समस्या सम्वोधन गर्न कक्षाकोठा तथा अतिरिक्त क्रियाकलापहरु सम्बन्धी तालीम दिने ।  साथै लै∙िक हिंसा र बाँचेकाहरुको हेरचाह सम्बन्धमा पनि जानकारी दिने
७. विद्यालय जाने उमेरका प्रभावित बालवालिकाहरुका लागि शिक्षकहरुलाई बाल खेलौना बाकस  र थप शैक्षिक सामग्रीहरु उपलब्ध गराइने । शिक्षकहरुलाई व्यापक परिचालन गरिने ।
८. प्रभावित बालबालिकालाई मनोसामाजिक सहयोग र प्रकोपको प्रभावबाट सुरक्षित गर्न बालबालिका संरक्षण समूहको  मद्दतबाट सहयोग प्रदान गरिनेछ । शिक्षकहरुलाई मनोवैज्ञानीक समस्या सम्वोधन गर्न कक्षाकोठा तथा अतिरिक्त क्रियाकलापहरु सम्बन्धी तालीम दिने । साथै लैङ्गिक हिंसा र बाँचेकाहरुको हेरचाह सम्बन्धमा पनि जानकारी दिने ।
९. शैक्षिक सहायतामा असुरक्षित, प्रभावित क्षेत्र र त्यस भित्रका विद्यालयलाई प्राथमिकता दिने । स्थापित समुदायका बालबालिकाहरुलाई पनि समेटने । स्थापित र विस्थापित समुदाय वीच तनाव तथा असम्झदारी उत्पन्न नहोस् भन्ने कुरा सुनिश्चित गर्ने र सहयोग गर्ने । स्थानीय विद्यालयलाई पनि सहयोग उपलब्ध गराउने ताकी उनीहरुले विस्थापित जनसंख्यालाई समावेश गरी सहयोग गरुन् । यस सहयोगमा शैक्षिक सामग्री, थप शिक्षक, फर्निचर आदि पर्छन् ।
 १०. गैह्रसरकारी संस्थाहरु, पिडित समुदायका सदस्यहरु र प्रभावित जनसंख्याको संघ संस्थाहरुलाई निम्न मानदण्डका आधारमा कार्यान्वयन साझेदारका रुपमा परिचालन गरिनेछ ः  


        १) प्रभावित क्षेत्रको कामको आधारमा,
        २) प्रकोप र शैक्षिक राहतका कार्य संचालन गरेको अनुभवको आधारमा र
        ३) राम्रो कार्य शैलीको विवरण प्रस्तुत गरेका आधारमा
अन्तमा यस लेखको व्यवहारिक पक्षलाई कार्यान्वयन गर्ने अवस्था अहिले हो । क्रमवद्धरुपमा रुपमा उल्लेखित कामहरु गर्न नसकिएला तर आपत्कालीन अवस्थाको लागि न्यून्तम शिक्षा कार्यक्रम सञ्चालनलाई प्राथमिक्ता देयौं र केटाकेटीको शिक्षाले निरन्तरता पाओस् ।

Comments: