• प्रगति शिक्षा सदनको एसइइको प्रगति
    (ईपाटी संवाददाता)


  • ललितपुर । ललितपुरको प्रगति शिक्षा सदन माध्यमिक विद्यालयले एसइइमा उत्कृष्ट नतिजा हासिल गरेको छ ।


    विद्यालयबाट एसइइ परीक्षामा सहभागी ३० विद्यार्थी मध्ये ३ जनाले ३.६० देखि ४.० जीपीए, ३ जनाले नै ३.२० देखि ३.६० जीपीए प्राप्त गरेका छन् ।


    यसैगरी, ११ जनाले २.८० देखि ३.२०, ९ जनाले २.४० देखि २.८० र ४ जना विद्यार्थीले  २.० देखि २.४० जीपीए प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले जानकारी दिए ।


    उनका अनुसार विद्यालयको उच्च जीपीए ३.८५ रहेको छ ।