२०७६ कार्त्तिक ३ गते

एसइइको प्रदेशगत नतिजा : प्रदेश ३ अब्बल, प्रदेश २ कमजोर

ईपाटी संवाददाता


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसपटक पहिलोपटक प्रदेशगतरुपमा एसइइ परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।


विहिवार बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गरेको हो । अनिवार्य विषयतर्फ सातै प्रदेशमा फरक–फरक प्रश्नपत्र अनुसार परीक्षा लिइएको थियो ।


प्रदेश २ कमजोर, प्रदेश ३ अगाडि
प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र बनाएर लिइएको एसइइ परीक्षामा प्रदेश २ सबभन्दा कमजोर देखिएको छ भने अन्य प्रदेशहरुको तुलनामा संघीय राजधानीसमेत रहेको प्रदेश ३ सबभन्दा अगाडि देखिएको छ ।


परीक्षाफल अनुसार १.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको प्रतिशत सबभन्दा बढी प्रदेश ३ मा छ । कुल एक लाख ३३ हजार विद्यार्थी मध्ये ९५.३८ प्रतिशतले उक्त समुहको जीपीए प्राप्त गरेका छन् ।


प्रदेश २ मा भने उक्त समूहको जीपीए ल्याउने विद्यार्थी संख्या ७७ प्रतिशत मात्र छ । उक्त प्रदेशबाट ६४ हजार ८ सय विद्यार्थीले परीक्षा दिएका थिए । सोही प्रदेशमा प्रश्नपत्र परीक्षा अगाबै बाहिरिएर परीक्षा स्थगित भएको थियो । प्रदेश २ कै साक्षरता प्रदेश पनि सबभन्दा कमजोर छ ।


प्रदेश–३ बाट १० हजार ६८ परीक्षार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् । परीक्षामा प्रदेश २ बाट ९३१ परीक्षार्थीले मात्रै ३.६० देखि ४ जीपीए ल्याएका छन् ।


प्रदेश–३ बाट ३.२० देखि ३.६० जीपीए ल्याउने २१ हजार ८३२, २.८० देखि ३.२० जीपीएसम्म ल्याउने १९ हजार ३७० र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थीको संख्या १७ हजार ९१५ छ । २ देखि २.४० जीपीए ल्याउने १७ हजार ७९५, १.६० देखि २ जीपीए ल्याउने ११ हजार ५६३, १.२० देखि १.६० जीपीए ल्याउने ३ हजार ८१ र ०.८० देखि १.२० जीपीएम ल्याउने १९० जना छन् । प्रदेश १ बाट १ लाख ५ हजार ६ परीक्षार्थी सहभागी थिए ।


यसैगरी, परीक्षामा प्रदेश २ बाट ३.२० देखि ३.६० जीपीए ल्याउने ४ हजार ५९६, २.८० देखि ३.२० जीपीए ल्याउने ७ हजार २२५ र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थी ८ हजार ७१३ छन् । २ देखि २.४० जीपीए ल्याउने १२ हजार ९५ जना, १.६० देखि २ जीपीए ल्याउने १६ हजार ४११, १.२० देखि १.६० जीपीए ल्याउने ११ हजार ७७५ र ०.८० देखि १.२० जीपीए ल्याउने १ हजार ४५४ जना छन् । परीक्षामा प्रदेश २ बाट ६६ हजार ४५४ जना सहभागी थिए ।

प्रदेश १
प्रदेश १ बाट एसइइमा ८१ हजार ७६ जना सहभागी थिए। तीमध्ये १ हजार ९८४ ले ३.६० देखि ४ जीपीए ग्रेड ल्याएका छन्। ३.२० देखि ३.६० जीपीए ल्याउने ८ हजार ४, २.८० देखि ३.२० जीपीए ल्याउने १ हजार ६८१ र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थी १२ हजार ९६० छन्। २ देखि २.४० जीपीए ल्याउने १८ हजार ६५, १.६० देखि २ जीपीए ल्याउने १८ हजार ३८९, १.२० देखि १.६० जीपीए ल्याउने सात हजार २९९ जना र ०.८० देखि १.२० जीपीए ल्याउने ४९२ जना छन् ।


गण्डकी प्रदेश
गण्डकी प्रदेशबाट एसइइमा ४७ हजार ३१९ जना परीक्षामा सहभागी थिए । तीमध्ये १ हजार ८१८ परीक्षार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् । ३.२० देखि ३.६० जीपीए ल्याउने ५ हजार ८२४, २.८० देखि ३.२० जीपीए ल्याउने ८ हजार ११९ र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थी ९ हजार ९१५ जना छन् । २ देखि २.४० जीपीए ल्याउने ११ हजार १२८, १.६० देखि २ जीपीए ल्याउने ७ हजार २३३, १.२० देखि १.६० जीपीए ल्याउने १ हजार ७५५ जना र ०.८० देखि १.२० जीपीए ल्याउने १०९ जना छन् ।

५ नम्बर प्रदेश
प्रदेश–५ बाट एसइइ परीक्षामा ७५ हजार ८४४ जना सहभागी थिए । तीमध्ये १ हजार ६८४ परीक्षार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् । ३.२० देखि ३.६० जीपीए ल्याउने ६ हजार ४८६, २.८० देखि ३.२० जीपीए ल्याउने ९ हजार ९६६ र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थी १३ हजार ५४ छन् । २ देखि २.४० जीपीए ल्याउने १६ हजार ७१४, १.६० देखि २ जीपीए ल्याउने १६ हजार २३५, १.२० देखि १.६० जीपीए ल्याउने ७ हजार ५९० र ०.८० देखि १.२० जीपीए ल्याउने ८५४ जना छन् ।


कर्णाली प्रदेश
कर्णाली प्रदेशबाट एसइइ परीषामा ३२ हजार ९६६ परीक्षार्थी सहभागी थिए । तीमध्ये १४६ परीक्षार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् । ३.२० देखि ३.६० जीपीए ल्याउने ७४९, २.८० देखि ३.२० जीपीए ल्याउने १ हजार ८४७ र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थी ५ हजार ११४ जना छन् । २ देखि २.४० जीपीए ल्याउने ९ हजार ३११, १.६० देखि २ जीपीए ल्याउने ९ हजार ८३१, १.२० देखि १.६० जीपीए ल्याउने ३ हजार ९६६ र ०.८० देखि १.२० जीपीए ल्याउने ३९६ जना छन् ।


सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशबाट एसइइ परीक्षामा ५० हजार ६१० परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये २५१ परीक्षार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् । ३.२० देखि ३.६० जीपीए ल्याउने १ हजार ४७०, २.८० देखि ३.२० जीपीए ल्याउने ३ हजार ४८० र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थी ६ हजार ४०९ जना छन् । २ देखि २.४० जीपीए ल्याउने १२ हजार १९१, १.६० देखि २ जीपीए ल्याउने १५ हजार ५४७, १.२० देखि १.६० जीपीए ल्याउने ८ हजार ३७४ र ०.८० देखि १.२० जीपीए ल्याउने ९३४ जना छन् ।

Comments: