• प्राविधिक तर्फको एसईई परीक्षाको नतिजा सार्वजनिक
    ()


  • भक्तपुर । परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को प्राविधिक धारका माध्यमिक शिक्षा परीक्षा (प्राविधिक एसईई) को नतिजा सार्वजनिक गरेको छ । गत चैतमा सञ्चालित सो नतिजा आइतबार साँझ सार्वजनिक गरिएको हो ।


    परीक्षामा २ हजार १६७ छात्र र १ हजार ४११ छात्रा गरी कुल ३ हजार ५७८ विद्यार्थी सहभागी रहेका थिए ।

    परीक्षामा  सबैभन्दा माथिल्लो जिपिए ३.६४ देखि ४.० ल्याउनेको संख्या एक सय ३९ रहेको छ । त्यस्तै, ३.२४ देखि ३.६० जिपिए ल्याउनेको संख्या ६ सय २७ रहेको छ ।

    जिपिए २.८४ देखि ३.२० ल्याउने एक हजार एक सय ९९, जिपिए २.४४ देखि २.८० ल्याउने एक हजार एकसय ३६, जिपिए २.०४ देखि २.४० ल्याउने तीन सय ६९ र जिपिए १.६४ देखि २.०० ल्याउने ३५ जना रहेका छन् । प्राविधिक धारमा जिपिए १.२४ देखि १.६०  ल्याउने विद्यार्थी संख्या जम्मा एक रहेको छ ।


    पनिकाका अनुसार २५ जना विद्यार्थीको सैद्धान्तिक र ४७ जनाको प्रयोगात्मक परीक्षा छुटेको छ ।  ७९ जना ड्रप आउट भएका छन् ।