२०७६ असोज २ गते

कक्षा ११ र १२ मा प्राविधिक विषय अनिवार्य गर्न डा. पौडेलको सुझाव

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले कक्षा ११ र १२ मा प्राविधिक विषय अनिवार्य गर्न सुझाव दिएका छन् । उनले कक्षा ११ र १२ मा ६००/६०० पूर्णांकको पाठ्यक्रम बनाउन समेत सुझाव दिएका हुन् ।


हाल, पाठ्यक्रम विकास केन्द्रले नयाँ राष्ट्रिय पाठ्यक्रम प्रारुप निर्माण गर्दै छ । यसका लागि केन्द्रले विभिन्न विज्ञ र सरोकारवालाहरुसँग छलफल र सुझाव लिने काम गरिरहेको छ ।


केही सरोकारालाहरुले कक्षा ११ र १२ विद्यालय तहमा आइसकेपछि त्यसमा ९००÷९०० पूर्णांकको पाठ्यक्रम बनाउनुपर्ने समेत सुझाव दिएका छन् ।
यसै सन्दर्भमा बोर्ड अध्यक्ष डा. पौडेलले भने कक्षा ११ र १२ मा अध्ययन गर्ने किशोरअवस्थाका विद्यार्थी भएकाले उनीहरुलाई धेरै विषय राखेर सिकाइको बोझ थोपर्न नहुने सुझाव दिएका हुन् ।


विद्यार्थीलाई बोझ हुने किसिमले धेरै विषय भन्दापनि दैनिक जीवनमा प्रयोग हुने र विश्व बजारको मागको आधारमा विषय छनोट हुनुपर्ने पौडेलको तर्क छ ।


कक्षा ११ र १२ अव विश्वविद्यालय शिक्षा नभएर विद्यालय शिक्षा भएको भएपनि फेरी यो विश्व विद्यालय प्रवेश बिन्दु भएकाले षिय छनोटमा यसलाई ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । केही तत्वहरु कक्षा ११ र १२ लाई प्लस टु कै रुपमा राख्न चाहेको, विदेशी बोर्डका कार्यक्रमहरु सञ्चालन गर्नेहरुले यसलाई कमजोर बनाई आफ्नो कार्यक्रम प्रवद्र्धन गर्न लागेका र केही विषय शिक्षकहरु आफ्नो विषयहरुलाई अनिवार्य बनाई जागिर सुरक्षित गर्न लागेकाले पाठ्यक्रम निर्माणमा उनीहरुको प्रत्यक्ष र अप्रत्यक्ष दावाव दिँदै आएको समेत पौडेलले आरोप लगाए ।
पौडेलको सुझाव यस्ततो छ


१. १०० पूर्णांकको अंग्रेजी
डा. पौडेलले कक्षा ११ र १२ दुवैमा १०० पूर्णांकको अंग्रेजी विषय अनिवार्य गरिनुपर्ने सुझाव दिएका छन् । अबको विश्व बजार र दैनिक जीवन अंग्रेजीभाषा बिना अधुरो बन्ने भएकाले अंग्रेजी विषयलाई महत्व दिनुपर्ने उनको भनाइ छ । उनले हप्तामा ५ दिन शैद्धान्तिक र १ दिन अंग्रेजी भाषा बोलचालको प्रयोगात्मक कक्षा हुनुपर्ने बताएका छन् । यसो रे अंग्रेजी शव्द उच्चारणमा सुधार हुने उनको दावी छ । साथै, एक घण्टा परियोजना कार्य गराउन उपयुक्त हुने उनको सुझाव छ ।


२. ५० पूर्णांकको नेपाली र ५० पूर्णांकको सामाजिक
डा. पौडेलले कक्षा ११ र १२ दुवैमा ५०/५० पूर्णांकको नेपाली र ५०/५० पूर्णांकको सामाजिक, नेपाल परिचय, विश्व परिवेश लगायतका विषय अध्यापन गराउनुपर्ने सुझाव दिएका छन् । विद्यार्थीलाई सामाजिक, नेपाल र विश्व परिवेश वारे परिचित गराउन यि विषय अनिवार्य गरिनुपर्ने उनको भनाइ छ । साथै, यि विषयमा १ घण्टा छलफल र २ घण्टा प्रयोगात्मक परियोजना कक्षा गराउँदा उपयुक्त हुने पौडेलको सुझाव रहेको छ ।

३. ऐच्छिक विषयमा ३०० पूर्णांक
बोर्ड अध्यक्ष डा. पौडेलले कक्षा ११ र १२ मा तीन सय पूर्णांकको ऐच्छिक विषय राख्न सुझाव दिएका छन् । जसलाई जे आवश्यक र उपयुक्त हुन्छ त्यही विषय छनोट गरेर राख्न सक्ने गरी तीनसय पूर्णांकको ऐच्छिक विषय राख्नुपर्ने साथै, त्यसमा हप्तामा १/१ वटा छलफल कक्षा र २/२ वटा प्रयोगात्मक कक्षा हुनुपर्ने उनको सुझाव छ ।


४. ५० पूर्णांकको प्राविधिक र ५० पूर्णांकको सहायक विषय
डा. पौडेलले कक्षा ११ र १२ मा ५० पूर्णांकको अनिवार्य प्राविधिक विषय अध्यापन गराउनुपर्ने सुझाव दिउका छन् । यसो गरे १२ उत्तीर्ण गरे पछि शैक्षिक प्रमाणपत्रसँगै विद्यार्थीसँग कम्तिमा एउटा जीवन उपयोगी सीप पनि हुने पौडेलको जिकिर छ । क्षेत्रैपिच्छे माग र आवश्यकताको आधारमा कुनैपनि प्राविधिक विषय पढाउन पाउने तर एउटा विषय पढाउनै पर्ने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।


त्यस्तै, ५० पूर्णांकमा चाही उच्च शिक्षामा सहयोगी हुने विषय पढाउनु पर्ने उनको सुझाव छ । विज्ञान विषय पढेका विद्यार्थीहरु भोलि डाक्टर, इञ्जिनियरीङ पढ्न सक्ने भएकाले त्यसका लागि सहयोगी हुने विषय उनीहरुकै रोजाइमा अध्ययन गराउदा उपयुक्त हुने पौडेलको भनाइ रहेको छ ।

 

Comments: