• रोल्पामा एक शिक्षक विद्यालय परिसरबाटै पक्राउ
    (महेश न्यौपाने/रोल्पा)


  • रोल्पाका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । वागेश्वरी आधारभूत विद्यालयमा अध्यापनरत शिक्षक भूपवहादुर केसीलाई प्रहरीले पक्राउ गरेको हो ।


    केसी नेत्रविक्रम चन्द विप्लव निकट अखिल नेपाल शिक्षक संगठन रोल्पाका सचिव समेत रहेको  बताइएको छ ।  शिक्षक केसीले विद्यालयमा अध्यापन गरिरहेको बेला सादा पोशाकका प्रहरीले गिरप्तार गरेको अखिल  नेपाल शिक्षक संगठन रोल्पाले आरोप लगाएको छ ।


    विद्यालय समयमा विद्यार्थी पढाइरहेको बेला विद्यालय परिसरबाटै शिक्षकको गिरफ्तार गरिनु निन्दनीय भएको सो संगठनको आरोप छ । शिक्षक केसीलाई विना शर्त रिहाई नगरिए कडा आन्दोलनका कार्यक्रम अगाडी बढाउछौ– अखिल नेपाल शिक्षक संगठन रोल्पाका अध्यक्ष प्रेम केसीले भने ।


    यता स्थानीय प्रशासनले भने चन्दा उठाउने कार्यमा संलग्न रहेकाले शिक्षक केसीलाई पक्राउ गरेको जनाएको छ ।