२०७६ भदौ ५ गते

प्याब्सनको अध्यक्षमा पुरी सर्वसम्मत

ईपाटी संवाददाता


काठमाडौँ ।  निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) को अध्यक्षमा टीकाराम पुरी चयन भएका छन् । प्याब्सनको १४औँ राष्ट्रिय महाधिवेशनले  पुरीलाई अध्यक्षमा  सर्वसम्मत चयन गरेको हो ।


यसअघि नयाँ नेतृत्वका लागि पुरी र डिके ढुङ्गानाको समूहले मनोनयन दर्ता गरे पनि पूर्वअध्यक्षहरुको पहलमा पुरीलाई अध्यक्ष बनाउने सहमति भएको थियो । विधान संशोधन गरी सहअध्यक्ष पद नयाँ सिर्जना गरी ढुङ्गानाको व्यवस्थापन गरिएको छ ।


महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ, खुला उपाध्यक्षमा ईश्वरबहादुर गुरुङ, टिआर ढकाल, दीपिका रिमाल थापा, कृष्णप्रसाद अधिकारी, टङ्क भट्टराई, गोपालप्रसाद आचार्य र भरतबाबु कँडेल निर्वाचित भएका छन् । यसैगरी महासचिवमा कुमार घिमिरे, उपमहासचिवमा आरबी कटुवाल र किशोर गौतम, कोषाध्यक्षमा सन्तोषमणि न्यौपाने निर्वाचित भएका प्याब्सनले जनाएको छ ।


यस्तै सचिवमा मधु लोहनी, भीमसेन केसी, भुवनलाल श्रेष्ठ, सङ्गीता सिलवाल, मदनकुमार आचार्य, राजेशकुमार दास र शिव कार्की, सहकोषाध्यक्षमा मिनप्रसाद बञ्जाडे, ग्रेस श्रेष्ठ, आशा खड्का र गणेशबाबु पोखरेल निर्वाचित भएका छन् ।


प्याब्सनको सल्लाहकारमा आशिष श्रेष्ठ र प्राज्ञिक सल्लाहकारमा राजकुमार महर्जन चयन भए । यस्तै प्रदेश उपाध्यक्षमा प्रदेश नं १ मा नारायणप्रसाद घिमिरे, प्रदेश नं २ मा गोपाल कार्की, प्रदेश नं ५ मा विष्णु पन्थी, कर्णाली प्रदेशमा बलदेव कँडेल, सुदूरपश्चिम प्रदेशमा जगवीर थापा निर्वाचित भएका प्याब्सनले जनाएको छ ।


प्रदेश नं ३ र ४ तथा केन्द्रीय सदस्यको पनि कार्यदलबाट सर्वसम्मत गर्ने प्याब्सनले जनाएको छ ।


कूल दुई हजार ४३८ प्रतिनिधि सहभागी महाधिवेशनको मंगलबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेका थिए । प्याब्सनमा २५ पदाधिकारी र ४४ केन्द्रीय सदस्य रहने व्यवस्था छ । ती पदका लागि कूल १०३ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

Comments: