२०७६ मंसिर ६ गते

त्रिविलाई अन्तर्राष्ट्रियकरण गर्न सम्मेलन

अन्तैबाट

काठमाडौँ । विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले त्रिभुवन विश्वविद्यालयले सम्मेलनको आयोजना गरेको छ । ललितपुरमा हुने दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको जेष्ठ २६ गते आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।


विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गरेर विदेशी विद्यार्थीलाई आकर्षित गर्न सम्मेलनले टेवा पूग्ने उपकुलपति तीर्थराज खनियाँलेशुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

सम्मेलनमा पाठ्यक्रम र शिक्षण, अनुसन्धान र आविष्कार, उद्यमशीलता र व्यवस्थापनसम्बन्धी विषयमा छलफल गरिने रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए ।

कान्तिपुरमा खबर छ ।

Comments: