२०७६ कार्त्तिक २६ गते

शिक्षक संघको ३६ जिल्ला नेतृत्वमा को–को ?

काठमाडौं । नेपाल शिक्षक संघको महाधिवेशन नजिकिदै गर्दा जिल्ला अधिवेशन धमाधम जारी छ । हालसम्म ३६  जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । शिक्षक संघका कोषाध्यक्ष यमपी भुसालका अनुसार ३६  जिल्लामध्ये १७ वटामा सर्वसम्मत र अन्यमा निर्वाचनबाट नयाँ नेतृत्व चयन भएका छन् ।


नेपाली कांग्रसको शुभेच्छुक संस्था संघमा कतिपय जिल्लाहरुमा भने सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शिक्षकहरु प्यानल बनाएरै निर्वाचनमा होमिएका थिए ।

संघको महाधिवेशनमा समेत देउवा र पौडेल समूहले छुट्टाछुट्टै प्यानल बनएर प्रतिस्पर्धा गर्ने भएका छन् । देउवा पक्षका वर्तमान अध्यक्ष केशव निरौलाले आफू दोहोरिने नभए उनको समूहबाट किशोरदत्त बराल अध्यक्षमा र महासचिवमा गोकर्ण बानियाँ र ज्ञानेन्द्र रावलमध्ये एक र पौडेल समूहबाट वर्तमान महासचिव राजेन्द्रराज पौडेल र महासचिवमा वर्तमान कोषाध्यक्ष यमपी भुसाल उठ्ने लगभग निश्चित देखिन्छ ।  संघका नेताहरु आफ्ना समूहका शिक्षकहरुलाई जिताउन हाल जिल्ला दौडाहामा व्यस्त रहेका छन् । 

नेपाल शिक्षक संघको ८ औं जिल्ला अधिवेशन  ताजा अपडेट

१. मुस्ताङ: अनन्त आचार्य (सर्वसम्मत)
२. पर्वत: केशब भण्डारी (सर्वसम्मत)
३. रामेछाप:  नवराज घिमिरे (निर्वाचित)
४. रसुवा:  वसन्त पौडेल (निर्वाचित)
५.चितबन:  हरिप्रसाद कँडेल (निर्वाचित)
६. खोटाङ :  शिबहरी ढकाल (निर्वाचित)
७. डोटी:  नवराज जोशी (सर्वसम्मत)
८. प्युठान:  बलबहादुर महतरा(सर्वसम्मत)
९. धनकुटा: थिरेन्द्रबहादुर लिम्बु (सर्वसम्मत)
१०. सुनसरी:  वेणु सिग्देल (निर्वाचित)
११. दाङ:  युवराज बस्नेत ( निर्वाचित)
१२ लमजुङ : शिबराज अधिकारी(निर्वाचित)
१३. अछाम :  बिष्णु भण्डारी (सर्वसम्मत)
१४. रुपन्देही :  कुलप्रसाद लामिछाने (सर्वसम्मत )
१५. मकवानपुर : रामकुमार अधिकारी (निर्वाचित )
१६.गुल्मी :  प्रेमनारायण भण्डारी (निर्वाचित )
१७. बाजुरा:  प्रेमराज पाध्या(निर्वाचित)
१८. तनहुँ:  कमलभक्त पोखरेल (निर्वाचित)
१९. दार्चुला:  पुलेन्द्र कार्कि (सर्वसम्मत )
२०. संखुवाशभा:  थिरबहादुर राई (सर्वसम्मत )
२१. भक्तपुर:  गंगाधर हाडा (निर्वाचित)
२२. दोलखा:  गोबिन्दनारायण मानन्धर (सर्वसम्मत )
२३. सोलुखुम्बु:  लालप्रसाद बास्तोला (निर्वाचित)
२४. धादिङ: बिष्णु अधिकारी (निर्वाचित)
२५. सिन्धुपाल्चोक:  तुलसी दंगाल (निर्वाचित)
२६. बाँके:  बिरेन्द्र यादव (निर्वाचित)
२७. बाग्लुङ:  उमाकान्त पौडेल (सर्वसम्मत )
२८. ओखलढुङ्गा:  नारायण बास्तोला (सर्वसम्मत )
२९. गोरखा:  लुमनाथ लामिछाने (सर्वसम्मत )
३०. कालिकोट:  दिपबहादुर शाही (सर्वसम्मत )
३१. ताप्लेजुङ:  युवराज वस्नेत (निर्वाचित)
३२. म्याग्दी: दुर्गाराम सुवेदी (निर्वाचित)
३३.कैलाली:  गणेश ओझा (निर्वाचित)
३४. भोजपुर:  ज्ञानराज खुलाल (सर्वसम्मत )
३५. मुगु:  जंगबहादुर शाही (सर्वसम्मत )
३६. रोल्पा:  भगवती मल्ल 'मिलन' (सर्वसम्मत )

Comments: