२०७६ भदौ १ गते

शिक्षक संघ हुम्लाको प्रतिनिधि सभा सम्पन्न

राजन रावत/हुम्ला

नेपाल शिक्षक संघले जिल्ला प्रतिनिधि सभा सम्पन्न गरेको छ । शिक्षकहरुका पेशागत हकहितका लागि केन्द्रीत भएर अगाडि बढ्ने निर्णय गर्दै सभा सम्पन्न भएको हो ।

कांग्रेसका उपसभापति कैलाश भण्डारीको उपस्थितीमा शिक्षक संघमा आबद्ध, कर्मठ, विशेष र साधारण सदस्यहरुको उपस्थिती भएको थियो । नेपाली कांग्रेसका केन्द्रय सदस्य जीवन बहादुर शाहीले शुभकामना पठाएका सभा संघका अध्यक्ष कैलाश रोकायाको अध्यक्षतामा सम्पन्न भएको हो ।

शिक्षकहरुका हक अधिकार र पेशागत अधिकारी प्राप्तीका लागि सधै लागि पर्ने र शिक्षकहरु पनि आफ्नो पेशामा प्रतिबद्धता हुनु पर्ने निर्णय सभाले गरेको अध्यक्ष रोकायाले बताए ।

कांग्रेसका भातृ तथा शुभेक्छुक संस्थाहरुका प्रमुखहरुले शुभकामना दिएको सभाको उद्घाटन कार्यक्रम पछि संघका अध्यक्ष रोकायाले बन्द सत्रमा सांगठानिक प्रतिवेदन पेश गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति भण्डारीले शिक्षकहरुले आफ्ना हक तथा अधिकार र पेशा प्रति बफादार भएर लाग्नु पर्ने बताए ।

कार्यक्रममा ट्रेड यनियनका अध्यक्ष राजन रावत, कर्मचारी युनियन संघका अध्यक्ष विशाल बोहोरा, संघका पुर्व अध्यक्ष बसन्त रोकाया, गंगा भट्ट, काली बहादुर शाही, शिक्षक महासंघका उपाध्यक्ष मधु वस्नेत शाही, जडिवुटी संघका अध्यक्ष राम भण्डारी, शिक्षक युनियनका पूर्व केन्द्रीय सदस्य  जयदेवी शाही, नेपाल बिधार्थी संघका उपाध्यक्ष छिरिड लामा, दलित संका अध्यक्ष रति सुनार, महिला संघका सचिन चन्दा फडेरा कांग्रेस जिल्ला कार्य समितिका सदस्य रिता शाही लगायतले शुभकामना दिएका थिए ।

Comments: