२०७६ मंसिर २९ गते

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली १० औं संशोधन (पूर्णपाठ सहित)

इपाटी संवाददाता

काठमाडौं । शिक्षक सेवा आयोग नियमावली २०५७ को दशौ संशोधन भएको छ ।  नियमावली संशोधन भएसँगै अब स्थायी शिक्षक सेवा आयोगको पाठ्यक्रम २०० पूर्णांकको भएको छ । यस अन्तर्गत स्थायी शिक्षक हुनका लागि सुरुमा प्रारम्भिक परीक्षा उत्तीर्ण गर्नु गर्नै पर्ने भएको छ ।

प्रारम्भिक (वस्तुगत) परीक्षामा ५० प्रतिशत अंक ल्याएर पास भएकाहरु मात्र अब अर्को चरणको परीक्षामा सहभागी हुन पाउने भएका छन् । यसअघि ४० अंक ल्याएर पास भए अन्तरवार्तामा सहभागी हुन पाइन्थ्यो ।

तर, गत असोज १३ गते संशोधन भएको शिक्षक सेवा आयोग नियमावली (१० औं संशोधन)मा लोक सेवा आयोगको परीक्षा जस्तै सामान्य र विषयगत गरी दुई सय पूर्णांकको लिखित, २५ पूर्णांकको अन्तवार्ता र २५ पूर्णांकको प्रयोगात्मक परीक्षा हुने प्रस्ताव गरिएको छ ।

हेर्नुहोस पूर्णपाठ:


 

Comments: