२०७६ कार्त्तिक २९ गते

नेपाली विद्यार्थी अप्ठेरोमा धेरै मेहेनत गर्छन्ः शिक्षा मन्त्री

काठमाडौं । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले एसएलसी परीक्षा देशको भविष्य र इज्जतको विष भएको  बताएका छन् ।

बिहीबारदेखि सुरु भएको एसएलसी परीक्षाको निरीक्षणका लागि काठमाडौंका परीक्षा केन्द्रहरुमा पुगेका मन्त्री पोखरेलले ठूलो परीक्षामा सम्मिलित विद्यार्थीहरुलाई सफलताको शुभकामनासमेत दिए ।

‘विनाशकारी भूकम्प र तराई/मधेशमा उत्पन्न असहज परिस्थितिका बावजुदसमयमै परीक्षा गराएका छौँ,’ शान्ति विद्यागृह लैनचौर परीक्षा केन्द्रको निरिक्षणपछि मन्त्री पोखरेलले भने, ‘यो विद्यार्थीको निजी कुरा मात्र होइन, हाम्रो भविष्यसँग पनि गाँसिएको कुरा हो ।’

उनले असामान्य परिस्थितिमा रेडियो, टेलिभिजनलगायतबाट विद्यार्थीहरुलाई पढाउने काम भएको उल्लेख गर्दै राम्रो नतिजा आउने अपेक्षा व्यक्त गरे ।

‘अप्ठ्यारो आएपछि अन्तिम अवस्थामा धेरै मेहनत गर्ने नेपालीहरुको परम्परा छ । विद्यार्थीहरुले पनि निक्कै मेहनत गरेका छन्’ उनले भने ।

यस पटकदेखि अक्षराङ्कनको नयाँ प्रविधि प्रयोग गरिएकोले विद्यार्थीहरुले फेल हुने परिस्थिति नरहेको पनि उनले बताए ।

‘भूकम्पका कारण कयौँ स्थानमा बस्ने वातावरण थिएन । तैपनि पालहरु मूनि बसेर भए पनि शिक्षक, अविभावकहरुले मेहनत गरेका छन्’ पोखरेलले भने ।अनलाइन खवरमा समाचार छ ।

Comments: