२०७६ भदौ १ गते

खानेपानीको योजना निर्माण हुँदा विद्यालयलाई सहज

राजन रावत/हुम्ला


दुर्गमका दुई वटा विद्यालयमा खानेपानी योजना निर्माण हुँदा पिउने पानीको सहजता भएको छ । बालमैत्री धाराको निर्माणसँगै यसअघि टाढाबाट ग्यालेनमा बोकेर विद्यालयमा पानी पिउनु पर्ने बाध्यता हटेको हो ।


एउटा पिलरमा चारवटा बालमैत्री धारा निर्माण गरेर सञ्चालन आएको सर्केगार्ड गाउँपालिकाको वडा नम्बर २ मा पर्ने लालीगुराँस मावि लिप्नेका प्रधानाध्यापक काली महताराले बताइन् ।  डेढ किलो मिटर माथिको मूलदेखि पाईपबाट ल्याएको पानीको धारा निर्माण हुँदा साना–साना बालबालिकाहरुलाई सहज भएको उनले बताइन् । 'अहिले टाढाबाट ग्यालेनमा पानी बोकेर खानु पर्ने बाध्यता हटेको छ'– उनले भनिन् ।  


त्यसैगरी सोही गाउँपालिकाको महदेश प्रावि मुण्डीमा पनि चारवटा बालमैत्री धारा सहित खानेपानी योजना निर्माण भएको विद्यालयका प्रधानाध्यापक दिवाकर छत्यालले बताए ।  सो विद्यालयमा खानेपानी नहुँदा यस अघि खोलाको पानी पिउदै आएकोमा अब सो समस्या हटेको उनले बताए । 

समुदायको जनश्रमदान  सहित तीन लाख भन्दा बढि लगानीमा गुड नेभर्स ईन्टर नेस्नल नेपालको आर्थिक सहयोग तथा स्नोल्याण्ड एकिकृत बिकास केन्द्र सहजिकरणमा समुदायको मागका आधारमा खानेपानी योजना निर्माण गरिएको केन्द्रका कार्यकारी निर्देशक गोविन्द शाहीले बताए ।                          

Comments: