२०७६ असोज २ गते

अन्ततः शिक्षा नियमावली पारित, शिक्षा ऐन कार्यान्वयनका लागि बाटो खुला


काठमाडौं । शिक्षा ऐन पारित भएको झण्डै एकवर्षपछि अन्ततः शिक्षा नियमावली आज मन्त्रिपरिषदबाट पारित भएको छ । शुक्रवार मन्त्रिपरिषद अन्तर्गतको विधेयक समितिले केही संशोधन सहित शिक्षा नियमावली पारित गरेको शिक्षामन्त्री धनीराम पौडेलले जानकारी दिए ।


प्राविधिक रुपमा नियमावली पारित भएको भएपनि संविधानबमोजिम संघीय संरचनाका केही विषयवस्तु नियमावलीले नसमेटेकाले यसको संशोधन र व्यवस्थापनका लागि केही समय लाग्ने उनले जानकारी दिए । शिक्षा, संघीय मामिला तथा स्थानीय विकास र अर्थ मन्त्रालयका सहसचिवहरु सम्मिलित प्राविधिक समितिले दिने सुझाव र राय समावेश गर्ने गरीे नियमावली पारित गरिएको शिक्षामन्त्री पौडेलले जानकारी दिए ।


गत असार १५ गते शिक्षा ऐन पारित भएको भएपनि नियमावली नबन्दा ऐन पूर्ण रुपमा कार्यान्वयन हुन सकेको थिएन । शिक्षा मन्त्रालयले शिक्षा नियमावलीको मस्यौदा बनाउनै झण्डै ८ महिना बढी समय लगाएको थियो । त्यसपछि अर्थ मन्त्रालय र कानून मन्त्रालयले समेत सहमतिका लागि महिना दिन लगाएका थिए । दुवै मन्त्रालयले असहमतिका बुंदा सहितको सहमति प्रदान गरेका थिए ।


दुवै मन्त्रालयबाट सहमति आएपनि मन्त्रिपरिषद्मा पेश गर्न शिक्षा मन्त्रालयले झण्डै दुई महिना बढी समय लगाएको थियो । त्यसपछि मन्त्रिपरिषद्मा पेश भएपनि मुख्य सचिवले नियमावलीको मस्यौदाले संघीयताको मर्म नसमेटेको भन्दै मन्त्रिपरिषद्मा प्रवेशनै गराएका थिएनन् । चौतफी दबाब पछि मन्त्रिपरिषद्ले नियमावलीको मस्यौदा मन्त्रिपरिषद् अन्तर्गतकै सामाजिक सहमतिमा पठाएको थियो ।

यसरी लामो प्रक्रिया र विभिन्न अवरोधका बीच शिक्षा नियमावली पारित भएरै छाडेको छ । नियमावली पारित भएसँगै शिक्षा ऐनको कार्यान्वयनले कानूनी मान्यता पाएको छ । नियमावली पारित भएसँगै शिक्षामा नयाँ अध्यायको शुरुवात भएको छ । बीसौं वर्ष देखिको अस्थायी शिक्षक समस्या मात्रै समाधान नभइ यसले विद्यालय कर्मचार िबालविकास केन्द्रका कार्यकर्ताहरुलाई समेत स्थायी हुने बाटो खोली दिएको छ ।

 

 

यस्ता छन्  शिक्षा नियमावलीका मुख्य विशेषताहरु

 

 

शिक्षा नियमावली २०७३ मस्यौदाको पूर्णपाठ

Comments: