• खुशी शिक्षकबाट गर्न सकिने आशा
    ()

  • –नितेश वर्मा

    मेरो विचारमा भविष्यको शिक्षा व्यवस्थामा न शिक्षक केन्द्रमा रहनुपर्छ न त विद्यार्थी नै । यी दुबैलाई बराबर महत्व दिने शिक्षा हुनेछ । जस्तो कि कोही पनि केन्द्रमा नहोउन् ।


    हो, आज हामी बालकेन्द्रित शिक्षामा जुन विन्दुहरुलाई छोइरहेका छौं, त्यसको महत्व आफ्नो ठाउँमा त्यसै पनि उच्च होला । तर, त्यसैगरी हामीले शिक्षकलाई पनि ध्यान दिन आवश्यक छ । जुन प्रकारले बालबालिकाहरुलाई सिकाइका लागि अनुकूल वातावरणको कुरा हुने गर्दछ । त्यसैगरी शिक्षकलाई सिकाउन पनि एक अनुकूल माहौल चाहिन्छ ।

    विद्यार्थी र शिक्षक
    शिक्षकलाई पनि मानिस र उसको तागत तथा कमजोरीको दायरामा राखेर हेर्न आवश्यक छ । जसरी बालबालिकालाई हेर्ने गरिन्छ । शिक्षाको प्रक्रियामा शिक्षक र बालबालिकाको बराबर महत्व छ । यीमध्ये कुनै एकलाई मात्रै बढी महत्व दिनु भनेको शायद शैक्षणिक प्रक्रियालाई असन्तुलन बनाउने कारण हुन सक्छ । बालबालिका र शिक्षक दुबै आपसमा जोडिएका छन् । कुनै पनि शैक्षणिक प्रक्रियामा उनीहरु एक इकाई हुन् । यदि यीमध्ये एउटालाई पनि उपेक्षा गरियो भने त्यसको नोक्सान दोस्रोलाई पनि हुनेछ । त्यसैले, शिक्षामा यस्तो दृष्टिको आवश्यकता छ । जसले शिक्षक र बालबालिकालाई मानव, उसको प्रकृति तथा उनीहरुको मनोविज्ञानको गहिराइबाट देख्न सकोस् ।


    बालबालिकाहरुका लागि त कम्तिमा वैचारिक तथा सैद्धान्तिक आधारमा यसको शुरुवात भएको पाइन्छ । तर शिक्षकका लागि यस्तो सोंच आजसम्म बनेको देखिँदैैन । शिक्षा व्यवस्था यस्तो हुन आवश्यक छ जसले बालबालिका तथा शिक्षक दुबैको प्रकृति तथा परिस्थितिका सन्दर्भमा व्यवहारिक होस् । जसरी बालबालिकाका लागि भय तथा असुरक्षाको भावना उसको समग्र विकासमा बाधक छ, त्यसैगरी शिक्षकका लागि पनि डर, असुरक्षा तथा तनाबको माहौलले उसको कार्यक्षमता घटाउन सक्छ ।


    शिक्षकको स्वायत्तता नै महत्वपूर्ण
    विद्यालयको ¥यालीमा जाँदै गरेका शिक्षक र बालबालिका तथा तनाबग्रस्त शिक्षक प्रशन्न हुन सक्दैनन् । अप्रशन्न शिक्षक बालबालिकाप्रति स्नेहपूर्ण या संवेदनशील हुन सक्दैनन् । यस्ता शिक्षकले आफ्नो कामको मज्जा पनि लिन सक्दैनन् । मात्र उसले कामलाई बोझ मात्रै सम्झन्छ । अनि उसले आफ्नो बचाऊका निम्ति देखाउनका लागि मात्रै काम गरेजस्तो गर्छ । अन्ततः नोक्सान फेरि बालबालिकालाई हुन्छ । जुन प्रकारले बालबालिकाको विचार महत्वपूर्ण छ । त्यसैगरी शिक्षकलाई पनि खुशी हुने मौका र माहौल हुन जरुरी छ ।


    अस्ताएका, आरोपको पेटी बाधिएका शिक्षकबाट खास आशा गर्न सकिँदैन । जस्तो बालबालिकालाई भरोसा गर्ने कुरा हुन्छ, शिक्षकका निम्ति पनि त्योभन्दा फरक हुन सक्दैन । जसरी बालबालिकाका निम्ति स्वायत्तताले आफ्नो महत्व राख्दछ आफ्नो काममा, उसको तरिकाहरुमा शिक्षकको पनि स्वायत्तताले उति नै महत्व राख्छ । हामी उनीहरुमाथि विभिन्न बाध्यता लादेर उनीहरुबाट केही काम गराउन सक्दैनौं । सबै ध्यान औपचारिकतालाई पुरा गर्न र काम मात्र देखाउनका लागि हुन जान्छ । जसमा फर्जी कामको पूरा सम्भावना रहन जान्छ । हाम्रो शिक्षाको हालत अहिले यस्तै छ ।

    एउटा राम्रो कार्यस्थल बनोस् स्कूल
    पठन कौशलको विकास, पढ्ने बानी, हाम्रो प्राथमिक शिक्षाको स्थिति, ‘अर्ली लिट्रेसी’लाई यो भन्न सकिन्छ कि जबसम्म शिक्षकमाथि कुनै दबाब भएन भने ऊ झनै काम गर्दैन । दबाबबाट मात्रै उसबाट केही कामको आशा गर्न सकिन्छ । तर, यति त स्पष्ट छ कि दबाबमा शिक्षकले कुनै पनि बालबालिकाहरुको राम्रो गर्नसक्ने कल्पना पनि गर्न सकिन्न भन्ने विचारप्रति म सहमत छैन । मलाई त्यस्तो लाग्दैन ।


    अब विकल्प यही मात्रै बच्छ, प्रशासनिक शिक्षालाई शिक्षण सिकाइ कार्यका लागि अनुकूल वातावरण उपलब्ध गराओस् । स्कूलमा सबैखाले साधन÷स्रोत उपलब्ध होस् । अतिरिक्त कामबाट उनीहरुलाई मुक्त राखियोस् । शिक्षा प्रशासनले शिक्षकमाथि विश्वास देखाओस् । राम्रो काम गर्ने शिक्षकलाई वैचारिक रुपमा प्रोत्साहन गरियोस् । शिक्षकसँग पनि बहानाका सम्भावना कमभन्दा कम बच्नेगरी प्रशासनले काम गर्न जरुरी छ । स्कूल केवल बालबालिकाका लागि नभई शिक्षकका लागि पनि खुशीको स्थान बनोस् ।


    एउटा खुशी भएको र सन्तुष्ट शिक्षकका लागि यस कुराको सम्भावना ज्यादा रहन्छ कि उसले आफ्नो खुशी बालबालिकामा बाँडोस् । साथै, यसै माध्यमबाट आ–आफ्नो क्षमता अनुसारको शिक्षण कार्य सम्भव छ । खुशीले हामीलाई संवेदनशील बनाइदिन्छ । हाम्रा दृष्टि तथा नियतलाई सफा बनाइदिन्छ । बाँकी कुरा रह्यो, क्षमताको । त्यो क्षमता जस्तो हामी भन्छौं, त्यसका लागि निरन्तर प्रशिक्षणको आवश्यक छ । यो हाम्रो कामसँग जोडिएको मसला पनि हो ।


    अन्त्यमा,
    एउटा कुरा अरु साँचो हो कि शिक्षकले कालान्तरमा उसको आफ्नै रबैयाबाट समाजमा आफ्नो सम्मान गुमाएको छ । ठीकै पनि हो, शिक्षक बन्दैमा कोही पनि सम्मानको हकदार बन्न सक्दैन । सम्मान त उसको राम्रो व्यवहार र कामबाट स्वतः मिल्ने हो । तरपनि मनोवैज्ञानिक रुपले हेर्ने हो भने एउटा विचार मनमा आउँछ । यदि समाजले आफ्नो बालबालिकाको शिक्षाको लागि शिक्षकलाई सम्मान दिन थाल्ने हो भने शिक्षक जस्तो भएपनि बालबालिकाका लागि केही गर्ने भावना उसमा जाग्न थाल्नेछ । यदि कसैले हामीमा भरोसा जगाउँछ भने, सम्मानको नजरले हेर्छ भने हामी पनि उसको भरोसा र सम्मानको मान राख्नका लागि साथै त्यसलाई सही सावित गर्नका निम्ति कोशिस गर्छौं । मात्रै उनीहरुको नजरमा होइन, आफ्नो नजरमा पनि ।


    भावानुवादः रोशन क्षेत्री गाउँले

    (भारतस्थित प्रेमजी फाउन्डेशनमा कार्यरत वर्मा पुराना पत्रकार पनि हुन् ।)

    साभार :आजको शिक्षा साप्ताहिक
    तस्विर :इन्टरनेट