२०७६ कार्त्तिक २९ गते

मावि र निमावि तहको परीक्षा देशभर मर्यादित र शान्तिपूर्ण, आज प्रावि तहको परीक्षा हुँदै

ईपाटी संवाददाता


भक्तपुर । शिक्षक सेवा आयोगले  शुक्रबार भएको अस्थायी शिक्षकको निम्न माध्यमिक र माध्यमिक तहका परीक्षा शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न भएको जनाएको छ ।

पटक–पटक स्थगित हुँदै आएको परीक्षा अन्ततः शुक्रवारदेखि सञ्चालनभएको थियो । शुक्रबार निम्न माध्यमिक र माध्यमिक तहका भएको र शनिवार प्राथमिक तहको परीक्षा हुने छ ।

एकथरीका अस्थायी शिक्षकहरुले परीक्षा बिथोल्ने धम्की दिएका भएपनि शुक्रवार देशभर शान्तिपूर्णरुपमा परीक्षा सम्पन्न भएको हो । यकिन तथ्यांक आइनसकेको भएपनि परीक्षामा देशभरका झण्डै ९० प्रतिशत बढी परिक्षार्थीहरुको सहभागीता रहेको शिक्षक सेवा आयोगले जनाएको छ ।

प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा गरी २२ हजार ७६ पदका लागि २३ हजार २ सय ८६ अस्थायी शिक्षकको आवेदन परेको थियो । आज शनिबार प्राथमिक तहको परीक्षा हुने छ ।

२४ असार २०७४ मा परीक्षाको मिति तय गर्दै २०७३ साल चैत १९ मा अस्थायी शिक्षकहरुका लागि आन्तरिक विज्ञापन खोलिएको थियो ।

आयोगले आन्तरिक तयारी नपुगेको भन्दै गएको असार ५ गते सो परीक्षा पहिलोपटक भाद्र ३ गतेका लागि सारेको थियो । साउन ३१ गते आयोगले बाढी–पहिरोको कारण देखाउँदै दोस्रो पटक परीक्षा भाद्र १० का लागि सारेको थियो । आयोगले गत भाद्र ६ गते सूचित गर्दै १० गतेका लागि निर्धारण गरिएको अस्थायी शिक्षकहरुको परीक्षा तेस्रोपटक अनिश्चितकालका लागि स्थगित गर्न पुग्यो ।

आयोगले नवौं ऐन संशोधन पछि गत कात्तिक २१ मा पुनः विज्ञापन गरेको थियो । पछि आयोगले चैत २३ का लागि परीक्षा मिति तय ग¥यो तर पुनः परीक्षा हुनुभन्दा ८ दिन अगाडि नै आयोगले सो परीक्षा पनि अनिश्चितकालका लागि स्थगित गरेको थियो । अन्ततः आयोगले अस्थायी शिक्षकको परीक्षाको मिति असार २९ र ३० मा तय गरेको हो ।

परीक्षा शुरु भएसँगै अब सुविधा रोजेका शिक्षकहरुको सुविधा लिने बाटो समेत खुलेको छ । परीक्षा सम्पन्न हुनसाथ उनीहरुले सुविधा पाउनेछन् ।

Comments: