२०७७ जेष्ठ १६ गते

शिक्षकको निधनले शिक्षा क्षेत्र र शैक्षिक आन्दोलनमा अपुरणीय क्षति–शिक्षक महासंघ

इपाटी संवाददाता


काठमाडौं । कोरोना संक्रमणका कारण गुल्मीका एक शिक्षकको निधन भएको घटना प्रति नेपाल शिक्षक महासंघले गहिरो समवेदन व्यक्त गर्दै उनको असमायिक निधनबाट शिक्षा क्षेत्र र शिक्षक आन्दोलनमा अपुरणीय क्षति पुगेको जनाएको छ ।

उनको जेठ ८ गते विहिवार बुटवलको क्रिमशन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

शुक्रवार महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले एक विज्ञप्ति मार्फत निधन भएका शिक्षक गुल्मी जिल्ला मदाने गाउँपालिका नेपाल शिक्षक महासंघका अध्यक्ष रहेका जनाएका छन् ।

महासंघले यस दुखद घडीमा स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।



 

Comments: