२०७६ भदौ २ गते

शिक्षा मन्त्रालयका उपसचिव धामीको निधन

अन्तैबाट

धनकुटा  । शिक्षा निर्देशनालय धनकुटामा शिक्षा मन्त्रालयबाट अन्तर्वार्ताका लागि खटिएका एक उपसचिवको हृदयाघातका कारण आइतबार निधन भएको छ ।

बैतडीका ५२ वर्षीय वीरसिंह धामीको बिहान कार्यालयको निवासमा बसिरहेका बेला हृदयाघात भएको निर्देशनालयका उपसचिव शम्भु थापा मगरले जानकारी दिए ।

रिंगटा लागेका धामीको जिल्ला अस्पताल पुर्‍याएको केहीबेरमा उपचारका क्रममा निधन भएको हो । बिहान साढे ८ बजे ब्याडमिन्टन खेलेर चिया पिउन लाग्दा हृदयाघातको लक्षण देखा परेपछि आयोगबाट साथमा गएका अर्का उपसचिव फणीन्द्र खत्रीले अस्पताल पुर्‍याएका थिए ।

निमाविको अन्तर्वार्ता लिन पुस १० गते धनकुटा आएका धामी मंगलबार काठमाडौं फर्कने तयारीमा थिए । उनका श्रीमती, १ छोरा र १ छोरी छन् ।

धामीकी श्रीमती उमासिंह पाठ्यक्रम विकास शाखामा अधिकृत छिन् । शव आइतबारै आफन्तको जिम्मा लगाइएको निर्देशनालयले जनाएको छ ।

कान्तिपुरबाट

Comments: