२०७६ कार्त्तिक ३ गते

शिक्षक लाइसेन्स विज्ञापनको म्याद थप !

ईपाटी संवाददाता


भक्तपुर ।  शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र (शिक्षक लाईसेन्स)को विज्ञापनको म्याद थप गरेको छ । यस अघि असार २२ गते सम्म फारम भर्ने म्याद तोकिएकामा एक साताको म्याद थपेर २९ गते सम्म फारम भर्न सकिने बनाइएको आयोगले जनाएको छ ।


आयोगले माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको शिक्षक लाइसेन्सका लागि विज्ञापन गरेको थियो ।
साविकको उच्च माध्यमिक तहमा अध्यापन गर्दै आएका शिक्षकहरुले लाइसेन्सको विज्ञापन स्थगन गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको भोलि पल्टै  आयोगले विज्ञापनको म्याद बढाउने निर्णय गरेको हो ।


आइतवार उक्त विज्ञापन तत्काल स्थगन गरी कक्षा ११ र १२ मा वर्षौं देखि अध्यापन गरिरहेका, योग्यता पुगेका र अस्थायी लाइसेन्स प्राप्त शिक्षकहरुलाई बिना सर्त स्थायी लाइसेन्स प्रदान गर्न माध्यमिक विद्यालय शिक्षक यूनियनले तीन दिने अल्टिमेटम सहितको  ध्यानाकर्षण पत्र बुझाएको थियो ।


शिक्षक सेवा आयोगले भने अनलाईन फारम भर्न सर्भरमा केही समस्याका कारण  म्याद थप गरिएको जनाएको छ ।


दोब्बर दस्तुर तिरेर साउन ५ गते सम्म फारम भर्न सकिने आयोगले स्पष्ट पारेको छ । यस अघि दोब्बर दस्तुर तिरी असार २९ गते सम्म फाराम भर्न पाइने व्यवस्था थियो ।



Comments: