२०७६ भदौ २ गते

केन्द्र सरकारले शिक्षा ऐन नबनाउँदा प्रदेश र स्थानीय तहको शिक्षा अन्यौलमा

प्रभा रावत/सुर्खेत


संघीय सरकारले शिक्षा ऐन बनाउन नसक्दा प्रदेश र स्थानीय तहको शिक्षा ऐन ल्याउने विषय अन्यौलमा परेको छ । जसको प्रत्यक्ष प्रभाव प्रदेश र स्थानीय तहको शिक्षा क्षेत्रमा परेको छ ।


 नयाँ संरचना अनुसार संघीय शिक्षा ऐन नबनेकाले प्रदेश र संघमा पनि यो ऐन बन्न नसक्दा अन्यौलता सृजना भएको हो । कर्णाली प्रदेशका तीन हजार १३ विद्यालयमा १३ हजार एक सय ६६ शिक्षक दरबन्दी रहेको छ । जसमा एक हजारभन्दा बढी शिक्षकको दरबन्दी खाली रहेको छ ।


 दरबन्दी अनुसार शिक्षक नहँदा एक जना शिक्षकले करिब ९० जना विद्यार्थीलाई पढाउनु पर्ने बाध्यता रहेको छ । कर्णाली प्रदेश सरकारले प्रदेशस्तरीय शिक्षा विकास निर्देशनालय गठन गरेपनि ऐन र बजेट अभावमा काम भने गर्न सकेको छैन । संघले ऐन ल्याएपछि सोही अनुसार प्रदेश र स्थानीय तहमा ऐन बनाएर नीति तथा कार्यक्रम बनाउन सकिने शिक्षा विकास निर्देशनालयका निर्देशक भक्तबहादुर ढकालले बताए ।


विश्वविद्यालयलाई गुण्डागर्दीको थलो नबनाऔं : मुख्यमन्त्री शाही


कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले विश्व विद्यालयलाई गुण्डागर्दीको थलो नवनाउन आग्रह गरेका छन् ।

 
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्कुल अफ ल क्याम्पसमा वीए एलएलवी कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले विश्वविद्यालय प्राज्ञिक थलो भएकोले प्राज्ञिक संस्कृतिको विकास हुनुपर्नेमा जोड दिए ।  


मुख्यमन्त्री शाहीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई प्रदेश सरकारको मातहतमा ल्याई कर्णाली प्रदेशमा आवश्यक जनशक्ति निर्माण गर्ने शैक्षिक संस्थाका रुपमा विकास गर्ने सोच रहेको बताए ।

Comments: