• विद्यार्थी बोकेर गुडिरहेको स्कुल बसमाथि ढल्यो सालको रुख, दुई घाइते
    (ईपाटी संवाददाता)

  • कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित अनिरूद्र माविको विद्यार्थी बोकेर गुडिरहेको बसमाथि सालको रुख ढलेको छ ।


    ढलेको रुखले च्यापेर बसमा क्षति पुगेको छ भने दुई विद्यार्थी घाइते भएका छन् । विद्यालय बिदा भएपछी विद्यार्थी लिएर बस सिमलफाँटातर्फ जाने क्रममा बसमाथि रुख ढलेको स्थानीयले बताएका छन् ।

    घाइते विद्यार्थीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जनाइएको छ । लगातारको वर्षा र हावाहुरीका कारण स्थानीय जनजीवन अस्तव्यस्त बनेको छ ।