२०७६ भदौ २ गते

रिले अनशनको तयारीमा रहेका छुट/करार शिक्षकहरुमाथि प्रहरी हस्तक्षेप, दर्जनौं पक्राउ

ईपाटी संवाददाता


काठमाडौं । आन्दोलनरत छुट, करार अस्थायी शिक्षकहरुलाई प्रहरीले प्रक्राउ गरेको छ । विहिवार रिलेअनशनका लागि माइतीघरमा जम्मा हुँदै गर्दा प्रहरी आएर सबैलाई पक्राउ गरेको हो ।


पक्राउ परेका शिक्षकहरुलाई हाल महानगरिय प्रहरी सिंहदरवार शाखा अन्तर्गत अनामनगर चौकीमा राखिएको छ ।


विहान १० बजे नै प्रहरीले छुट, करार अस्थायी शिक्षक संघर्ष समितिका अध्यक्ष हरिवंश पराजुली लगायत १२ जनालाई प्रक्राउ गरिएको हो ।


परीक्षा दिएर स्थायी हुन पाउनुपर्ने माग राख्दै छुट करार अस्थायी शिक्षकहरु निरन्तर आन्दोलनमा छन् । अस्थायी शिक्षकहरुले विहिवार देखि माइतीघरमा अनिश्चितकालीन २४ घण्टे रिले अनशन शुरु गर्ने जनाएका थिए ।


१ बजेदेखि शुरु हुने अनशनको लागि शिक्षकहरु जम्मा हुँदै गर्दा प्रहरीले शिक्षकहरुलाई प्रक्राउ गरेर लगेको हो । देशभरबाट आएका शिक्षकहरु अन्यत्र जम्मा भएर माइतीघर जाने तयारीमा रहेको जनाइएको छ ।

Comments: