२०७६ भदौ २ गते

शैक्षिक असमानताको अन्त्य गर्न भन्दै युवा समुह

ईपाटी संवाददाता

काठमाडौं । टिच फर नेपालले शैक्षिक समानता र सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि ६८ प्रज्ञार्थी छनोट गरेको छ । यो वर्ष १६०० भन्दा बढी आवेदन बाट ६८ प्रज्ञार्थी छनोट गरि गत माघ २० बाट उनीहरुलाई चितवनको सौराहामा ४५ दिने आवासीय तालिम दिएको थियो । आउदो शैक्षिकसत्र बाट यी ६८  प्रज्ञार्थी नेपालका ७ जिल्लाका सामुदायिक  बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने प्रयास गर्ने छन् ।

गत शैक्षिक सत्र सम्म ६ वोटा जिल्ला ललितपुर, सिन्धुपाल्चोक, धनुषा, दाङ, पर्सा र लम्जुंगमा कार्यरत टिच फर नेपालले यो वर्ष तनहुँमा पनि यो अभियान आरम्भ  गर्ने भएको  छ । यो संगै टिच फर नेपालले ७ जिल्लाका ६७ बिद्यालयका १५००० भन्दा बादी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने छन् । ४५ दिने तालिममा प्रग्यर्थिहरुले कक्षाकोठा भित्रका सिकाई जस्तै कक्षा व्यवस्थापन, सिकाई बिधि मात्र नभई नेपाली समाज मा रहेका बिकृति र विसंगति र तिनको हालका बारे पनि छलफल गरेका थिए ।

“म शिक्षा र ज्ञान दिन मात्र यो अभियानमा जुटेको होइन, म यो अभियानमा सामेल हुनुको कारण म आफु पनि आफुमा भएका क्षमता अभिबृद्धि गर्न चाहन्छु, म आफ्नो पढ्ने र पढाउने क्षमतामा निखार ल्याउने प्रयास गर्ने छु ।” प्रज्ञार्थी दिक्षा शर्माले बताइन् ।

समापन कार्यक्रममा बोल्दै टिच फर नेपालका सह संस्थापक तथा तालिम निर्देशक स्वस्तिका श्रेष्ठले सातौ समुह गाउँ जादै गर्दा आफु उत्साहित रहेको बताइन् । “खुल्ला आकाशबाट उज्याला तारा छनोट गरि त्यसको मण्डली बनाउन पाउदा एक दिन नेपालमा विद्यमान शैक्षिक असमानता अन्त्य हुने मेरो विश्वास छ ।” सातौं समुहलाई अंकित गर्दै उनले बताइन् ।

आगामी शैक्षिक सत्र देखि टिच फर नेपालका १३८ प्रज्ञार्थीले ७ जिल्लाका ६७ सामुदायिक विद्यालयमा अंग्रेजी, बिज्ञान र गणित बिषय अध्यापन गराउने छन् ।





Comments: